Arghakhanchi Bulletin : The Fastest News Publisher

नेत्र विप्लव चन्द बेष्ट नेता, बार्तागर्न आए सरकार वार्ता गर्न तयार छ : टोपबहादुर रायमाझी(भिडियो सहित )

   
882   पटक पढिएको

काठमाडौं। सत्तारुढ नेकपा स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले विप्लव बेष्ट नेता भएको बताएका छन् ।

समाजवाद अनलाईन टेलिभिजमा बाबुराम भुसालसँग कुरा गर्दै पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता रायमाझीले भने, विप्लव बेस्ट नेता हो । म उहाँलाई राम्रोसँग चिन्छु । म ईञ्चार्ज र विप्लव सह ईञ्चार्ज भएर पनि काम गर्यौ । उहाँ सरल नेता हो ।

अहिलेको व्यवस्था ल्याउन विप्लव लगायत नेकपामा रहेका नेताहरुको महत्वपुर्ण भूमिका रहेको पनि बताए । तर विप्लले अहिले लिईरहेको हतियारको राजनीतिप्रति भने आफु सहमत नरहेको बताए । उनले भने, हिजो हामीले पनि हतियार उठाएका हौँ ।

मान्छे मारेको पनि हो तर अहिले सामन्तवादको जरो बाँकी नहरेकाले आफ्नो एजेण्डा लिएर जनताको बीचमा गएर सत्ता कब्जा गर्ने अधिकार रहेकाले अब हतियारको राजनीतिलाई विप्लवले त्याग्नु पर्ने बताए ।

अर्को प्रशंगमा सरकार विप्लवसँग वार्ता गर्न तयार रहेको समेत बताए । विप्लव नी तयार हुनु भयो भने वार्ताको पहल गर्न म तयार छु उनले भने ।समाजवाद बाट साभार

भिडियो हेर्नको लागि यँहा क्लीक गर्नुहोस 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे

इजरायल।“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे