Arghakhanchi Bulletin : The Fastest News Publisher

क्रिश्चियन धर्म अपनाएका खडकबहादुरको सिंगो परिवार ६ वर्षपछि फर्किए आफ्नै हिन्दू धर्ममा

   
349   पटक पढिएको

बर्दिया। बर्दियाको बडैया गाउपालिका फुटाहा–२ बस्ने खडक बहादुर बिकको परिवार विभिन्न प्रलोभनमा परी ईसाई पन्थ मान्न थालेको थियो ।

आर्य समाज बाँके र सगोरा नेपालको निरन्तरको पहल पश्चातु उनको परिवार करिब ६ वर्षपछि हिन्दू धर्ममा फर्केको छ । आर्य समाजकोतर्फबाट पण्डित ॐकार स्वदेशी, आर्य समाज बाँके अध्यक्ष राजु श्रेष्ठ लगायत अन्य सदस्य तथा सगोरा नेपाल अध्यक्ष चन्द्र पुनको उपस्थिति वैदिक विधिविधानले यज्ञ गरी उनीहरूको शुध्दिकरण गरिएको थियो ।

उक्त परिवारलाई हिन्दू धर्ममा फर्काउन पाउँदा आपूmलाई निकै खुसी लागेको सगोराका अध्यक्ष पुनले हिसाबप्लसलाई जानकारी दिनुभयो ।

विभिन्न लोभ लालचमा पारेर धर्म परिवर्तन गराइएका सनातन धर्मावलम्बीहरूलाई वैदिक सनातन धर्मको महत्व बुझाई पुनः स्वधर्ममा फर्काइएको आर्य समाजका अध्यक्ष राजू श्रेष्ठले जानकारी दिनुभयो । धर्म परिवर्तन समाज र देश विखण्डनको प्रमुख सुत्र भएकोले कोही कसैले पनि धर्म परिवर्तन गर्नु राष्ट्रघात भएको कार्यक्रमका वक्ताहरूले बताउनु भएको थियो ।

साथै घर फर्काउ अभियान नेपाल अधिराज्यभरी चलाइने र बाटो बिराएर वा धर्म परिवर्तनकारीहरूको चपेटामा परेकाहरूलाई न्याय दिलाउने र अपराधीहरूको चंगुलबाट मुक्त गराउने पनि सगोरा नेपाल अध्यक्ष चन्द्र पुनले बताउनु भयो । -हिसाबप्लसबाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे

इजरायल।“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे