Arghakhanchi Bulletin : The Fastest News Publisher

अर्घाखाँचीकी चेलीको राष्ट्रभक्ति सद्भाव,जनताकै शैलीमा काम गर्ने सिडिओ पाएपछी जुम्लावासी अत्यन्तै हर्षित

   
949   पटक पढिएको

काठमाडौं। सामान्यतया एउटा गुनासो सधैं हुने गर्छ कि सरकारी कर्मचारी सेवाग्राहीलाई टेर्दैनन् । स–साना कुरामा पनि असाध्यै दुःख दिन्छन् । न समयमा सेवा दिन्छन् न त व्यवहार नै राम्रो हुन्छ ।

अधिकांश सरकारी सेवा लिन जानेहरूको साझा गुनासो हो । तर जुम्लाकी प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले मङ्गलवार साँझ केही फोटाहरू आफ्नो फेसबुकमा पोस्ट गर्नुभयो ।

सेवाग्राहीलाई दुई हात जोडी मुस्कुराउँदै नमस्कार गरेकोदेखि सेवा दिँदै गरेको, छुट्टा छुट्टै र सामूहिकरुपमा अँगालो हालेको र सोफामा बसाएर चिया पिलाएकोसम्मका दृश्यहरूले निजामती कर्मचारीमाथि लाग्ने गरेका आक्षेपहरूबारे सोच्न बाध्य बनायो ।

यससँगै मनमा केही प्रश्न पनि उब्जायो के साँच्चिकै प्रजिअ बन्जाडेले हरेक सेवाग्राहीलाई प्रत्येक दिन यसरी नै सेवा प्रवाह गर्दै आउनुभएको छ त ? यदि उहाँको शैली नै यही हो भने यो निक्कै प्रशंसा योग्य छ । छानबिन गर्ने र मूल्याङ्कन गर्ने जिम्मा उनै जुम्लावासी जनतालाई ।

उहाँले यस्तो लेख्नुभएको छ :-

“जिल्ला प्रशासन कार्यालय जुम्ला “ सार्बजनिक सेवा प्रवाह गर्ने क्रममा कार्यालयमा भेट भएका केहि पात्रहरुले विगतमा पनि मेरो मनमै छाप बसाएका थिए। त्यस्ता मनमा बस्नेहरू कोहि मनको पानामा मात्र सीमित रहे भने कोहि डायरीको पानामा….. मन र डायरी दुवै हुदै फेसबुकको वालमानै सजाउन मन लागेका यी सुन्दर पात्रहरूका एक दिन खिचीएका तस्बिरहरु… यस्तै-यस्तै सुन्दर मानवहरूको पनि कारणले होला मलाई जुम्लाको अविछिन्न पाँच महिनाको बसाई पनि अत्यन्तै कम र उत्साहजनक लाग्दै दिनहरू वित्दै छन । 

नतमस्तक छु -सम्पूर्ण आदरणीय मनप्रति
दुर्गा बञ्जाडे
प्रमुख जिल्ला अधिकारी,जुम्ला

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे

इजरायल।“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे