Arghakhanchi Bulletin : The Fastest News Publisher

नवौं बार्षिक उत्सव तथा चौंथो अधिवेशनको भव्य तैयारीमा जुटेकोछ लालीगुराँस सांस्कृत्तिक परिवार

   
364   पटक पढिएको

कुवेत। “हाम्रो संस्कृति हाम्रो परम्परा” भन्ने मुलनारालाई आत्मसाथ गर्दै प्रवासमा रहेर पनि नेपाल र नेपालीको पहिचान, भेषभुषा, भाषालिपी, संस्कार र संस्कृतिलाई एक साँस्कृतिक माध्यमबाट जगेर्ना गर्न र बिश्वमा चिनाउने उद्धेश्यले सन् २०१० को जुलाई १६ मा लालीगुराँस साँस्कृतिक परिवार, नेपाल–कुवेतको स्थापना भएको लालीगुराँस सांस्कृतिक परिवार कुवेतले आफ्नो नवौ बार्षिक उत्सव तथा चौथो अधिवेशन २३ अगस्ट २०१९ शुक्रबार दिन कुबेतको फर्वानिया स्थिती आइडियाल अडिटेरियम हलमा गर्ने अध्यक्ष माधब पौडेल ले अर्घाखाँची बुलेटिनलाई लाई जानकारी दिनुभएकोछ।

उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा गरिमामय उपस्थिति जनाई कार्यक्रम लाई सफल बनाइदिनु आयोजकले अनुरोध गरेको छ।

कार्यक्रमको विवरण

आयोजक :लालीगुराँस सांस्कृतिक परिवार कुवेत
कार्यक्रम: नवौं बार्षिक उत्सव तथा चौथो अधिवेशन
मिति : २३ अगष्ट २०१९ शुक्रबार
स्थान :आइडियाल अडिटेरियम हल फर्वानिया

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे

इजरायल।“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे