Arghakhanchi Bulletin : The Fastest News Publisher

सालीसँग ‘प्रेम’ बसेपछि श्रीमतीको हत्या: दिदीलाई पन्छाउन भनि सालीले भेनाजुलाई राखेकी थिईन् यस्तो प्रस्ताव…..

   
491   पटक पढिएको

कास्की । पोखरा महानगरपालिका वडा नं. १५ कान्तिपुर चोक निवासी २७ वर्षीया लक्ष्मी नेपालीको हत्या उनकै पतिबाट भएको रहस्य खुलेको छ।

लक्ष्मीको हत्यामा संलग्न भएको अभियोगमा उनका पतिसहित चारजनालाई प्रहरीले पक्राउ गरेपछि यस्तो रहस्य खुलेको हो। पत्नीलाई हत्या गरेर जंगलमा फालेपछि मुख्य हत्यारा प्रहरीमा उजुरी गर्न पुगेको पत्ता लागेको छ।

पत्नीको हत्याका मुख्य योजनाकार रमेश नेपालीसहित चारजनालाई प्रहरीले बुधबार पत्रकारसामू सार्वजनिक गरेको हो। सालीको मायामा परेका रमेशले पत्नीलाई पन्छाउन हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ। एक वर्षदेखि साली अनु परियारसँग माया बढ्दै गएपछि यो जघन्य अपराध गरेको खुलेको छ।

साली अनुले आफूसँग सम्बन्ध राखिराख्ने भए दिदीलाई पन्छाउनु भनेपछि रमेशले साथीहरुको सहयोगमा भारतीय नागरिक लगाएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए। लक्ष्मी गत असार १ गतेदेखि हराइरहेकी थिइन्।

रमेशले पत्नीको हत्या गरेपछि जंगलमा फालेर असार २ गते खोजीका लागि भन्दै प्रहरीकहाँ निवेदन दिएका थिए। असार १ गते २७ वर्षीया लक्ष्मी नेपाली कालिका चोकबाट हराएकी थिइन्। हराएको २५ दिनपछि उनको लास पोखरा महानगरपालिका-२२ स्थित जङ्गलमा फेला परेको थियो ।

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले अनुसन्धानको क्रममा नेपालीले श्रीमतीको हत्या हुनु अघि युनिक लाइफ इन्सुरेन्समा एक करोडको जीवन बिमा गरेको कागाजाज फेला परेको बताए।अनुसन्धानको क्रममा श्रीमतीकि बहिनिसँग नजिकको सम्बन्ध पनि देखिएको उनले सुनाए।

माइती पक्षसँग रमेशको सम्बन्ध वा बिमा रकम कुन कारण घटना घटाइएको हो भनेर सुक्ष्म अनसन्धान भइरहेको उनले सुनाए।पोखराको रामबजारमा मोबाइल पसल गरी बस्दै आएका रमेशले श्रीमती लक्ष्मीलाई पोखरा २२ पुम्दीभुम्दीस्थित ठुल्ढुङ्गाको जंगलमा लगेर हत्या गरी फालेको अवस्थामा २५ दिन पछि उनको अस्थिपञ्जर फेला परेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे

इजरायल।“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे