Arghakhanchi Bulletin : The Fastest News Publisher

वर्षेनी २ अर्बभन्दा बढीको श्रृङ्गार सामग्री भित्रिन्छ नेपालमा : पोते, चुरा र मेहन्दी र टिकौली नै १३ करोडको आयात

   
246   पटक पढिएको

काठमाडौं । हिन्दु महिलाहरुका लागि विशेष मानिने साउन महिना सुरु भएसँगै श्रृङ्गार सामग्रीको ब्यापारले बजार तातेको छ ।

प्रेम, सौभाग्य र पवित्रताका लागि साउन महिनाभरी नेपाली हिन्दु नारीहरु हरियो पोते, पहेँलो र रातो चुरालगायतका श्रृङ्गार सामग्रीमा सजिन्छन् ।

भन्सार विभागको तथ्यङ्क अनुसार आर्थिक वर्ष ०७५/७६ मा मात्रै नेपालमा दुई अर्ब २८ करोड ८८ लाख रुपैयाँ बराबरको चुरा, पोते, मेहन्दी र टिकौलीलगायतका श्रृङ्गार सामग्री विभिन्न मुलुकबाट आयत गरिएको छ । करिब १३ करोड ५४ लाख ७७ हजार पिस श्रृङ्गार सामग्री नेपालमा आयात भएको विभागले जनाएको छ ।

अघिल्लो आर्थिक वर्षमा यस्ता श्रृङ्गार सामग्री ३ अर्ब ५० करोड रुपैयाँभन्दा धेरैको आयात भएको थियो । विभागको तथ्याङ्कअनुसार श्रृङ्गार सामग्रीमा चुरा, पोते, मेहन्दी, टिकौली, लिप मेकअप, आइ मेकअप, पाउडरलगायत पर्दछन् ।

नेपालमा आयात गरिने श्रृङ्गारका सामान भारत, चीन, थाइल्याण्ड, बंगलादेश लगायतका मुलुकबाट आउने गरेको विभागले जनाएको छ । विभागका अनुसार पोते र चुरा मात्रै ४ करोड ८४ लाखभन्दा धेरैको आयात भएको छ ।साभार अनलाइन खबर बाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे

इजरायल।“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे