Arghakhanchi Bulletin : The Fastest News Publisher

छत्रदेव गाउँपालिकाको पहलमा धुवाँरहित मेटालिक चुल्हो छत्रदेव गाउँपालिका ६ मा बितरण

   
124   पटक पढिएको

मोहान रानाभाट।
साउन ३ ,गते अर्घाखाँचीबुलेटिन - छत्रदेव गाउँपालिकाको पहल एवं वैकल्पिक उर्जा प्रबर्दन केन्द्रको सहयोगमा प्राप्त धुवाँरहित मेटालिक चुल्हो छत्रदेव गाउँपालिका वडा नं. ६ बाट वितरण सुरू गरिएको छ ।

छत्रदेव गाउँपालिकाका प्रत्येक वडामा करिब ६० वटाका दरले वितरण हुने यस चुल्हो वडा नं. ६ ठूलापोखरामा कुमाल समुदायका लागि वितरण भएको छ ।

यस कार्यक्रमकै बिचमा कुमाल समुदायको हकहितका सवालमा आवाज उठाउने र उक्त समुदायको बारेमा बेलाबखत भइरहने गतिविधीलाई सहजिकरण गराउन श्री तुल बहादुर मुखियाको अध्यक्षतामा १३ सदस्यिय ठूलापोखराकुमालसंघ समेत गठन गरिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया