Arghakhanchi Bulletin : The Fastest News Publisher

कुवेतस्थित महाबुल्लाहको भिषण आगलागीमा ज्यान गुमाएकी अप्सराका परिवारको पिंडा,शव ल्याउन आर्थिक छैन उतै दाहशंस्कार गरिदिनुस्...

   
464   पटक पढिएको

जुलाई १८। गत शुक्रबार कुवेतमा आगलागीमा परि ज्यान गुमाएकी अप्सरा कामीको शव स्वदेश पठाउन आर्थिक अभाव भएको छ ।

कुवेत स्थित नेपाली दुताबासले मृतक अप्सराको शव नेपाल पठाउन कुवेती दिनार ३५० (नेपाली १,२६००० रुपियाँ) लाग्ने र उक्त रकम दुतावासले उपलब्ध गराउन नसक्ने बताएपछि उनको परिवार समस्यामा परेको हो । ४१ बर्षीया अप्सरा कुवेतमा गैरकानुनी रुपमा बस्दै आइरहेकी थिइन् ।

अप्सरा अवैधानिक भएकाले उक्त रकम उपलब्ध गराउन नसक्ने दुताबासले बताएको छ । अप्सराको परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक छ । आर्थिक अवस्था सुधार गर्न र परिवारलाई खुसी राख्न भन्दै अप्सरा आठ बर्षसम्म स्वदेश फर्केकी थिइनन् ।

सामान्य ज्याला मजदुरी गरेर उनका श्रीमानले परिवार धानिरहेको बहिनि नाता पर्ने रितिका घतानी बरालले बताइन् । रितिकाले भनिन्, “आजभोली भन्दै बस्नु भो, आज यस्तो अप्रिय घटना घट्यो । बुढेसकालमा श्रीमानले साहारा गुमाए, छोराछोरीले आमा गुमाए ।

बिचल्ली त भयो नै परिवारले शवसमेत देख्न नपाउने अवस्था भो । यतिको रकम जुटाएर शव ल्याउन सक्ने अवस्था परिवारको छैन । परिवारले मिल्ने भए कुवेतमै दाहसंस्कार गरिदिन दुतावासलाई अनुरोध गरेका छन् ।

सबैले सहयोग गरिदिनु पर्यो ।“ दुतावासले परिवारको रोदन सुनेपछि वडा कार्यालयको सिफारिससहित परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार विभागमा सहयोग पत्र बुझाउन भनेको छ तर सहयोग मिल्नेमा भने ढुक्क छैन, रितिकाले भनिन् ।

८ बर्षदेखि स्वदेश नफर्केकी मृतक अप्सराको परिवारले दुताबास, नेपाली दाजुभाइ, दिदीबहिनी, सामाजिक संघसंस्था तथा समाजसेवीहरुलाई मृतक अप्सराको शव स्वदेश पठाउन सहयोग गरिदिन अपिल गरेको छ । मृतक अप्सराका ३ छोरा र एक छोरी छन् ।

अप्सराले धेरथोर पैसा भने घर पठाईरहेकी थिइन् ।

यसरी घट्यो घटना

कुवेतको महाबुल्ला स्थित आप्रवासी कामदारहरुको आवास गृहमा गत शुक्रबार राती ग्यास सिलिन्डर लिक भएर आगलागी भयो, जुन घटनामा पोखरा, लेखनाथ महानगरपालिका घर भएकी अप्सरा कामीसहित एक पुरुष र एक महिला गरि ३ जनाको मृत्यु भयो ।

ज्यान गुमाउनेमा सर्लाहीका २९ बर्षिय बिजय बैंठा र अर्की गौरी दर्जि रहेका छन् । बिजय बैंठा कुवेतको अलबहार फर क्लिनिङ कम्पनीमा कार्यरत थिए भने अप्सरा कामी र गौरी दर्जि घरेलु कामदारका रुपमा काम गर्दै आएका आएका थिए । घटनामा केही नेपालीहरु घाइते भएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया