Arghakhanchi Bulletin : The Fastest News Publisher

अर्घाखाँचीको सितगङ्गा निपानेमा सोच्दै न सोचेको घट्यो यस्तो पीडादायीक घटना: आफ्नो बाबुको १३ दिने काजक्रिया सकिन बित्तिकै पुन : आमाको निधन (पढ्नुहोस पुरा दु:खद घटना )

   
7223   पटक पढिएको

अर्घाखाँचीबुलेटिन संवाददाता।
साउन ३ ,अर्घाखाँचीबुलेटिन -गोरूसिंगे सन्धिखर्क सड्कखण्ड अन्तरगत बुद्धभुमी नगरपालिका बशन्तपुरमा टिप्परले अटो रिक्सालाई ठक्कर दिँदा गत महिना २०७६ साल असार २० गते शुक्रबारको दिन अर्घाखाँची जिल्लाको सितगङ्गा नगरपालिका वडा नम्बर :- २ निपाने निवासी हरि ओली शिक्षकको घटनास्थलमै मृत्यु भएको थियो ।

कपिलबस्तुको बुद्धभुमी नगरपालिका पत्थरकोट तर्फ आउँदै गरेको रा. १ ख. १६३९ नम्बरको टिप्पर र लु; १ ह.२५१५ नम्बरको अटोलाई ठक्कर दिदाँ शिक्षक ओलीको घटना स्थलमै मृत्यु भएको थियो भने निजकी श्रीमती सिता ओली र रिक्सा चालक तारा बहादुर टण्डन गम्भीर घाइते भएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी सिता ओलीलाइ उपचारका लागि बुटवल अस्पतालमा लागिएको थियो उपचारको क्रममा बुटवल अस्पतालमा घाइते सीताको स्वास्थ्यमा केहि फरक नदेखिएपछी थप उपचारको लागि बुटवल बाट रिफर गरि काठमाडौंको मेडिसिटि अस्पतालमा भर्ना गरिएको थियो।

आफु संगै अटो रिक्सामा एकैसाथ यात्रा गरिरहेका श्रीमानको टिपरको ठक्कर बाट घटना स्थलमै मृत्यु भएपछी अन्दाजी ५३ बर्षिय सिता ओली पिडामा रहेकी थिइन्,उनको दुर्घटनामा मेरुदण्ड भाचिएको र अन्य शरीरको अंगमा पनि गम्भीर चोटपटक लाग्न पुगेको थियो सीताको काठमाडौं मेडीसिटि अस्पतालमा उपचार हुँदै गर्दा उनको स्वास्थ्यमा दिनप्रति दिन केहि सुधार आउदै गएको खबरले जिल्लावासीलाइ खुसि तुल्याएको थियो ।

बिडम्बना आफ्ना बाबु हरि ओलीको मृत्यु पछी ओलीका २ छोरा सुरेन्द्र ओली र सुमन ओली हामीहरुको हिंदुधर्मको संस्कार अनुसार पिताको काजकिर्याको लागि १३ दिने कुनामा बसेका थिए,उता आफुहरुलाई जन्म दिने आमा (सिता ओली ) काठमाडौंको मेडिसिटि अस्पतालको शैयामा दिनप्रतिदिन मृत्यु संग लडिरहेकी थिईन छोराहरु चाहेर पनि आमालाई भेटन जान नसक्ने अवस्थामा १३ दिने काजकिर्या कुनामा बसिरहेका थिए मात्र आफन्तहरु बाट आफ्नी आमाको स्वास्थ्य अवस्थाको बारेमा सुन्न र बुझ्न मात्र सक्थे ....

पिडा माथि पिडामा परेका हरि ओलीका घर परिवार १३ दिने काजक्रिया सकेर मृतका ज्येष्ठ छोरा सुरेन्द्र ओली कान्छा छोरा सुमन ओली र छोरी शरु ओली एकसाथ अर्घाखाँची बाट आफ्नी आमा सितालाइ भेटन र स्वास्थ्यको ख्याल गर्नको लागि काठमाडौंको मेडिसिटि अस्पतालमा पुगेका थिए तर दु:खद खबर अस्पतालको शैयामा रहेकी सिता आफ्ना ति ३ छोराछोरीलाई आफ्नो अघाडी देख्न बितिक्कै आँखा बन्द गर्न पुगिन र बन्द गरेका आँखा अब यो दुनियाँमामा कहिल्यै फेरी नखुल्ने गरि यो संसार बाट बिदा लिएको अस्पतालका डाक्टर र आफन्तहरुको भनाइ रहेको छ ।

असार ३१ गते मंगलवार मात्र आफ्नो पिताको १३ दिने काजक्रिया सकेर कुना बाट निक्लिएका ओलीपरिवारमा पुन: सिता ओलीको मृत्यु भएपछी के यस्तो दैव लाग्यो भन्ने बिषयमा सितगङ्गावासी भगवानलाइ दोष दिने बाहेक अरु केहि सोच्न नसकेको र गाउँनै शोकमा डुबेको पत्रकार/समाजसेवी झनक केसी अर्घाखाँचीबुलेटिनलाइ बताउनुभयो।

आफ्नो श्रीमानको मृत्यु भएको १३ दिन पछी श्रीमाती सीताको पनि उपचारको क्रममा मेडिसिटि अस्पताल काठमाडौंमा मृत्यु भएपछी निजका आफांतहरुले हिन्दु संस्कार र परम्परा अनुसार पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार दिएको बुझिएको छ।भने छोराहरु आमाको काजकिर्याको लागि १३ दिने कुनामा बसेका छन ।

मृतक हरि ओली र सिता ओलीका ज्येष्ठ छोरा सुरेन्द्र ओली कोरियामा कार्यरत रहेका र कान्छो छोरा सुमन ओली (C.A)सीएको फाइनल परिक्षा दिएको बुझिएको छ भने छोरी शरु ओली अहेवामा जागिर गर्ने गरेको जानकारी आएको छ ।

दुर्घटनामा मृत्यु हुने शिक्षक ओली सितगंगा नगरपालिका :- २ निपानेको जनप्रिय आधारभुत विद्यालयका प्रअ: समेत रहेको झनक केसीले अर्घाखाँचीलेटिनलाई जानकारी दिएका छन।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे

इजरायल।“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे