Arghakhanchi Bulletin : The Fastest News Publisher

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)अर्घाखाँचीको वार्ड कमिटी गठन सम्बन्धि भेला अर्घामा सम्पन्न

   
341   पटक पढिएको

बलराम रायमाझी ,अर्घा।
साउन ३ ,अर्घाखाँचीबुलेटिन -सन्धिखर्क नगरपालिका वार्ड न ०९ अन्तर्गत पर्ने साबिक वार्डहरु १,२ र ३ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को वार्ड कमिटी गठन सम्बन्धिको भेला तथा बैठक ०९ न वार्ड पार्टी अध्यक्ष क.तुल्सिराम रायमाझीको अध्यक्षता,सचिव बसन्त के.सि.को संचालन तथा जिल्ला पार्टी सदस्य क.राम बहादुर रायमाझी "ठुलो"को प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

कार्यक्रममा जिल्ला पार्टी सदस्य क.भोज बहादुर गन्धर्व,अखिल नेपाल किसान महासंघ अर्घाखाँचीका सम्योजक क.देवि बहादुर रायमाझी,पार्टी नगर कमिटी सदस्य क.बल बहादुर रायमाझी,क.मेख बहादुर कार्की,क.ठाकुर गन्धर्व,क. कमला भुसाल लगाएतको उपस्तिथि थियो ।

भेलाले साबिक १ न.वार्डमा क.सुरज बि.क.,२ न.वार्डमा मणिराम भुसाल र ३ न.वार्डमा भुवनेस्वर आचार्यको अध्यक्षतामा १५/१५ सदस्य रहेको पार्टी वार्ड कमिटी गठन गरेको छ।

आज गठन गरिएको कमिटीले एहि श्रावण १० गते भित्र आआफ्ना टोल बस्तिहरुमा सेल तथा एकाई कमिटी गठन एबम पार्टी सदस्य चुस्त दुरुस्त गरि अभिलेखिकरण र लेबिलाई व्यवस्थित गर्ने निर्णय गरेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे

इजरायल।“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे