Arghakhanchi Bulletin : The Fastest News Publisher

लागू औषध सहित एक युवक पक्राउ

   
182   पटक पढिएको

अर्घाखाँचीबुलेटिन। मिति २०७६ साल साउन ४ गते अन्दाजी करिव ४ बजेको समयमा जिल्ला कपिलबस्तु कृष्णनगर नगरपालिका वडा नं. २ लिङगेट स्थितमा भारतबाट नेपाल तर्फ पैदल हिडी रहेका जिल्ला दाङ घोराही उप महानगरपालिका वडा नं. ११ खैरा बस्ने बर्ष २२ को अजय वलीलाई कपिलबस्तु प्रहरीले पक्राउ गरेको छ।

शंका लागि अस्थाई प्रहरी पोष्ट लिङगेटबाट खटिएको प्रहरी टोलीले शरिर रितपुर्वक खानतलासी गर्दा साथमा लुकाई छिपाई राखिएको लागू औषध NITRAVET-10 लेखिएको ९० ट्याब्लेट ,TRAMADOL क्याप्सुल ७ लागु औषध फेला पारी रितपुर्वकको खानतलासी वरामदी मुचुल्का गरी निज अजय वलीलाई पक्राउ गरी नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय, कृष्णनगर कपिलवस्तुले थप अनुसन्धान कार्य अघाडी बढाएको जानकारी आएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया