Arghakhanchi Bulletin : The Fastest News Publisher

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनकी पत्नी सरस्वती ज्ञवालीले गरे अंगदानको घोषणा

   
303   पटक पढिएको

काठमाडौँ ।परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनकी पत्नी सरस्वती ज्ञवालीले शुक्रबार मरणोपरान्त अंगदान गर्ने घोषणा गरेका छन् ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा अंगदान तथा अन्तर्क्रिया कार्यक्रममा प्रमुख अतिथि मन्त्री ज्ञवाली दम्पतीले मृत्युपर्यन्त अंगदान गरेका हुन् । ‘दुवै बूढाबूढीले आज अंगदानको घोषणा गरेर आयौं,’ ज्ञवालीले टवीटमा भनेका छन्, ‘जिन्दगीको त के भरोसा छ र जति दिन बाँचिन्छ, समाजमा थोरै भए पनि उज्यालो छर्दै बाँच्न सकियोस् ।

मृत्युपर्यन्तसमेत कसैका लागि अलिकति भए पनि काम लाग्न सकियोस्, बस् यत्ति कामना छ ।’ केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बिरामीको पुनर्जीवनका लागि मृत्युपर्यन्त अंगदान गर्न सबैलाई आग्रह गरे ।

कार्यक्रममा मन्त्री दम्पतीका अतिरिक्त टीकाराम ज्ञवाली, सीता ज्ञवाली, भक्तपुर अस्पतालका पूर्वअध्यक्ष सुरेश न्यौपाने, भक्तपुर अस्पतालका अध्यक्ष जीवन सुवाल, रोटरी क्लब भक्तपुर, लायन्स क्लब भक्तपुर, मारवाडी परिषद्का पदाधिकारीलगायत १४ जनाले मृत्युपर्यन्त अंगदान गरेका छन् ।

डा.रामेश कोइरालाले शुक्रबारै टवीट गरी परराष्ट्रमन्त्री ज्ञवालीको अंगदान घोषणालाई सराहनीय कामको संज्ञा दिँदै सचेत नागरिकका लागि अनुकरणीय भएको उल्लेख गरेका छन् ।

उनले मस्तिष्क मृत्युपछि अंगदान गर्ने काम बामे सर्ने अवस्थामा रहेको उल्लेख गर्दै अंगदानको अनुमतिपत्रमा आँखादानलगायतलाई समेटिनुपर्ने बताए ।श्रोत कान्तिपुर अनलाइन 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे

इजरायल।“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे