Arghakhanchi Bulletin : The Fastest News Publisher

फरार प्रतिवादी पक्राउ

   
191   पटक पढिएको

अर्घाखाँचीबुलेटिन। फरार प्रतिवादी पक्राउ जिल्ला कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं.-२ भुसुढी बस्ने बर्ष २५ को अनवर मुसलमानले मिति २०७६आसार १० गते  ऐ.ऐ. बस्ने मोहम्मद मुसलमानको घरमा राती सुति रहेको अवस्थामा बाकस खोली नगद रु.३५,०००।- चोरी गरेको र मिति २०७६ असार २० गते राती सोही व्यक्तिले ऐ.ऐ. बस्ने वर्ष अं. ३०/३५ की कलावती बिश्वकर्मा लाई राती सुती रहेको अवस्थामा ढोकाको चुक्कल खोली हातपात गरी भागी फरार रहेको थियो।

निजलाई खोज तलास गर्ने क्रममा मिति २०७६ साउन ३ गते अं. १९:३० वजेको समयमा प्रहरी चौकी लबनी कपिलवस्तुबाट खटिएको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको र निज ब्यक्ति उपर २०७५ सालमा ई.प्र.का. लुम्बिनी रुपन्देहीमा हातहतियार तथा खरखजना मुद्धामा समेत फारार देखिएकोले निजलाई आवश्यक कानूनी कारवाहीको लागि आजै ११:३० वजेको समयमा ई.प्र.का. लुम्बिनी रुपन्देहीमा बुझाईएको ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया