Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अखिल नेपाल महिला संघ रुपन्देहीको आठौं जिल्ला सम्मेलन सम्पन्न,अध्यक्षमा केसी निर्वाचित

   
796   पटक पढिएको

टेकराज भुसाल (टेकु) बुटवल।
असोज ३, अर्घाखाँचीबुलेटिन -अखिल नेपाल महिला संघ रुपन्देहीकाे आठाै जिल्ला सम्मेलन सम्पन भएको छ। उक्त सम्मेलनले १३ सदस्यीय अखिल नेपाल महिला संघ जिल्ला कार्य समिति रुपन्देहिको गठन गरेको छ।

जसको अध्यक्षमा भानु के. सी ,उपाध्यक्ष शान्ता पाैडेल, सचिव दुर्गा शर्मा आचार्य ,काेषाध्यक्ष लक्ष्मी कुवर, सह- सचिव शान्ति सापकोटा , सदस्यहरु भुमा खनाल, सुनिता देबि शर्मा ,बिष्णु राना, माया खनाल, रेनु सिह, धनकुमारि थापा, बिष्णु पराजु लि,कमला क्षेत्री रहनु भएको छ, भने सल्लाहकारहरु मा शिराेमणि जाेशि, कल्पना सापकाेटा,पुष्पा शर्मा ,पार्बती पौडेल ,रहनु भएको छ।

सम्मेलनको अध्यक्षता लक्ष्मी न्याैपाने ले गर्नु भएको थियो भने सञ्चालन तारा जिसीले गर्नु भएको थियो। सम्मेलनको उद्घघाटन अखिल नेपाल महिला संघ केन्द्रिय अध्यक्ष मिना पुनले गर्नु भएको थियो।

नव निर्वाचित अध्यक्षले समितिको तर्फबाट प्रतिबद्दता लिए पछि राजमो जिल्ला अध्यक्ष बद्रे आलम,नेकपा(मसाल)का जिल्ला प्रवक्ता नारायण जिसी र केन्द्रीय अध्यक्ष मिना पुनले नवनिर्वाचित समितिलाई बधाई दिनुभएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया