Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अष्ट्रेलियामा एक नेपाली बाथरुममा मृत अवस्थामा मृत फेला

   
626   पटक पढिएको

तनहुँ। जिल्ला घर भई हाल अस्ट्रेलियाको मेलबर्नमा बस्दै आएका नेपाली युवा दीपेन्द्र खनाल मृत अवस्थामा फेला परेका छन् ।

मेलबर्नमा बस्दै आएका तनुँहका दीपेन्द्र खनाल गत डिसेम्बर २ तारिखका दिन आफ्नै घरको बाथरुममा मृत अवस्थामा भेटिएका हुन् ।सन् २००८ मा विद्यार्थीका रूपमा अस्ट्रेलिया आएका खनालले त्यसको केही समयपछि प्रोटेक्सन भिसा अप्लाइ गरेका थिए ।

उनलाई बाथरुममा मृत अवस्थामा फेला पारेपछि उनका साथले प्रहरीमा खबर गरेका थिए । हाल शव पोष्टमार्टमका लागि राखिएको र आवश्यक कानुनी प्रक्रिया सकिएपछि शव नेपाल पठाइनेछ । नको मृत्युको आधिकारिक कारण अहिलेसम्म खुलेको छैन् ।

केही समयदेखि परिवर्तित सामाजिक व्यवहार देखाएका खनाल एक्लै बस्न रुचाउने गर्दथे। श्रोत - osnepal

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया