Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नेपालसँग स्मार्ट ग्रिड र पावर स्टेशनको क्षेत्रमा काम गर्न इजरायल इच्छुक

   
665   पटक पढिएको

काठमाडौं। नेपाल भ्रमणमा रहेका इजरायली विकास नियोग मसाभका प्रमुख गील हसकेलले नेपालसँग स्मार्ट ग्रिड, पावर स्टेशन र स्मार्ट सोलुशनको क्षेत्रमा काम गर्न इजरायल इच्छुक रहेको बताएका छन्।

सोमबार सिंहदरबारस्थित उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ भेटमा मसाभका प्रमुख हसकेलले यस्तो बताएका हुन्। मन्त्री पुनसँगको भेटमा उर्जामन्त्रालय मातहतका कर्मचारीलाई तालिम र क्षमता अभिवृद्धिका लागी सहयोग गर्न सकिने विषयमा समेत छलफल भएको थियो।

भेटमा मन्त्री पुनले सरकारले पाँच वर्षमा पाँच हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य लिएको भन्दै खपतको लागी आन्तरिक र बाह्य बजार तयार रहेको जानकारी दिएका थिए। उनले उर्जा, जलविद्युत र सौर्य उर्जामा इजरायली लगानीकर्तालाई लगानीका लागी प्रेरित गरिदिन आग्रह गरेका थिए। ‘नेपालमा प्रशारण लाइन, जलविद्युत र सोलारमा पनि सहकार्य गर्न अवसर छ, इजरायली लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागी प्रेरित गरिदिन आग्रह गर्छु।’ मन्त्री पुनले भने।अन्नपूर्ण 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया