Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

“चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र गायिका सुनिता थेगिम इजरायल आइपुगे

   
646   पटक पढिएको

इजरायल।किराँत याक्थुङ् चुम्लुङ् ईजरायलले आयोजना गरेको “चासोक तङनाम सांगितिक साँझ २०७६” सफल बनाउन गायक सुगम पोख्रेल र सुनिता थेगिम इजरायल आइपुगेका छन् ।

आउदो डिसेम्वर १३ तारिख शुत्रबार तेलअभिवको हागना १३५ मा हुने कार्यक्रमलाइ भब्य सफल बनाउन इजरायल आइपुगेका कलाकार द्वय लाइ स्वागत गर्न आज दिउसो १ बजे किराँत याक्थुङ् चुम्लुङ् ईजरायलका पूर्व महा सचिब सागर तुम्बापो, सल्हाकार प्रविन आम्बुहाङ, पूर्व सचेतक ममता लिम्बु ,लगायत इजरायलको बेन्गुरियन एयरपोर्ट पुगेका थिए ।

किरात याक्थुङ ईजरायलले प्रदेश नम्वर १ का लिम्वुवानका ९ जिल्लाका असहाय, अपाङ्गता भएका र जेहेन्दार बालबालिकाको निम्ति छात्रवृत्ति प्रदानगर्ने उद्धेश्यले गायक गायिकालाई आमन्त्रण गरिएको हो ।कार्यक्रमलाई भव्य एवं सानदार बनाउन गायक गायिका सुगम र सुनिताको धमाकेदार प्रस्तुतिले दर्शकहरुको मनजित्ने विश्वास गरिएको छ ।

लिम्बु, राई, सुनुवार र याक्खा जातिले मंसिर पूर्णिमाका दिन दिवंगत पुर्खालाई अन्न खुवाएर पुजागर्ने चलन रहेको छ । यहि चाडलाई हिन्दुहरु धान्य पूर्णिमा र किरात याखले चासोवा, सुनुवारले फेलो स्यादर, लिम्वुले चासोक र राईले उधौली पर्वको रुपमा मान्ने गर्दछन् ।

कार्यक्रमको तयारी पुरा भएको जानकारी गराउदै आयोजक संस्थाले स्थानिय कलाकारहरुको प्रस्तुति हुने साथै हल सम्म जान आउन गाडीको व्यवस्था समेत रहेको जानकारी दिदै इजरायलमा कार्यरत सम्पूर्ण नेपालीमा उपस्थितको लागि अनुरोध समेत गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया