Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

राष्ट्रिय जनमाेर्चा जिल्ला समिति रुपन्देहीकाे आयाेजनमा १२७औं माओ जयन्ती कार्यक्रम सम्पन्न

   
719   पटक पढिएको

बुटवल । राष्ट्रिय जनमाेर्चा जिल्ला समिति रुपन्देहीकाे आयाेजनमा १२७औं माओ जयन्ती मनाइएकाे छ।

कार्यक्रमलाई अखिल नेपाल किसान महासंघका अध्यक्ष भैरब राज रेग्मीले सम्बाेधन गर्नुभएकाे थियाे सम्बाेधन गर्दै नेता रेग्मीले किसान, मजदुर, महिलाकाे मुक्ति का लागि नया जनवादि व्यवस्था ल्याउनुपर्ने र माओकाे बिचार पनि यहि भएकाले नेकपा (मसाल), राष्ट्रिय जनमाेर्चा र यसका जनवर्गीय माेर्चाहरुले माओकाे बिचारलाइ मान्दै आएकाे बताउनु भएकाे थियाे।

कार्यक्रममा बरिस्ठ बामपंथी नेता रामचन्द्र भट्ट, राजमाे का नेता आनन्द शर्मा, बुद्धिजीवी संघका दुर्गानाथ खरेल, बिश्व कम्युनिस्ट संग्रहालय नेपालका अध्यक्ष चेतनाथ आचार्य, राजमाे रुपन्देहीका काेषाध्यक्ष गणेश गाैतम, युबक संघका केन्द्रीय सदस्य हरि याेगि, अखिल (छैठौं) रुपन्देही का अध्यक्ष सराेजमान सिंह, अखिल नेपाल महिला संघ रुपन्देही का काेषाध्यक्ष लक्ष्मी कुवर, प्रगतिशील पत्रकार संघ नेपाल, रुपन्देही का सदस्य टेकराज भुसाल (टेकु), अन्टुक रुपन्देहीका अध्यक्ष कबिराज गिरी,जातिय समता समाजका भाेजराज बिक ले माओकाे बिचारलाई किसान, मजदुर, महिला, युवा, बिद्यार्थीहरु बिच लग्नु पर्ने बताएका थिए।

कार्यक्रम राष्ट्रिय जनमाेर्चा रुपन्देहीका अध्यक्ष बद्रे आलमकाे अध्यक्षता, सचिब टान बहादुर कसीकाे सञ्चालन र र अखिल नेपाल सुकुम्बासी संघका केन्द्रीय सदस्य हरि केसी काे स्वागत मन्त्वयमा सम्पन्न भएकाे थियाे।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया