Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

राष्ट्रिय जनमोर्चा कपिलवस्तुद्धारा वडा नं. ६ मा समिति गठन

   
821   पटक पढिएको

नवराज पौडेल,कपिलवस्तु।
पौष ११, गते शुक्रबार -  कपिलवस्तु जिल्लाको शिवराज नगर पालिका वडा नं ६ मा राष्ट्रिय जनमोर्चा को वडा समिति गठन गरिएको छ।

विहीबार देवा जिसी को अध्यक्षता मा सम्पन्न भेलाले ७ पूर्ण र २ सल्लाकर गरी ९ सदस्य राष्ट्रिय जनमोर्चा शिवराज नगरपालिका वडा नं ६ स्तरिय कमिटी गठन गरेको हो । जसको अध्यक्षमा बेगम बुढा मगर, उपाध्यक्षमा देवा जीसी, सचिवमा बलराम सुनार, कोषाध्यक्षमा कमला पुन, सदस्यहरुमा उजील गिरी, तुलमन विक र सिता विक लगायत चयन भएका छन् ।

त्यसैगरी सल्लाहकारमा तिलक गैरे र प्रेम नारायण आचार्य रहेको रा.ज.मो.कपिलवस्तुले जानकारी दिएको छ । भेलालाई सम्बोधन गर्दै अखिल नेपाल ट्रेड युनियन महासंघ अन्टुकका केन्द्रीय सदस्य केर सिंह अदैले राष्ट्रियता , कालापानी, र अमेरिका ले नेपाल लाई गर्न लागेको सहयोग सम्झौता एम सी सी बारे बोल्दै यो पास भए विकासको नाममा नेपालका सबै श्रोत साधन अमेरिकाको कब्जामा रहने भएकाले नेपाल गुलाम बन्ने हुँदा सबै नेपाली ले समय सचेतना अपनाउनु पर्ने बताउनु भएको छ ।

यस्तै रा. ज.मो.का जिल्ला कोषाध्यक्ष चेत नारायण खनाल ले संघीयता , राजनीतिक विषयमा बोल्नु भएको थियो । भेलालाई जातीय समता समाज कपिलवस्तु जिल्लाको जिल्ला अध्यक्ष बालाराम सुनार , राष्ट्रिय जनमोर्चाका शिवराज नगर समिति का अध्यक्ष केर सिंह पुन लगाएतले सम्बोधन गर्नु भएको थियो । कार्यक्रम बेगम बुढा मगरको संचालन र तुलमन विकको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया