Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नेकपा 'मसाल' का महामन्त्री मोहनविक्रम सिंह अब टेलिभिजनमा पनि अन्तर्वार्ता दिने

   
278   पटक पढिएको

बुटवल। नेपाली कम्युनिस्ट आन्दोलनका धराेहर तथा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह अब टेलिभिजनमा पनि अन्तर्वार्ता दिने ।

नेकपा (मसाल) को पुसमा सम्पन्न केन्द्रीय समितिको बैठकले महामन्त्री सिंहलाई टिभी वा विभिन्न दृश्य समाचार र अन्तर्वार्ताहरूमा जाने निर्णय गरेको छ । महामन्त्री सिंह आजसम्म कुनै सार्वजनिक मञ्च वा टेलिभिजनमा जानुभएको छैन । उहाँको अन्तर्वार्ता लिन वा विचार बुझ्न विभिन्न सञ्चारमाध्यमले बारम्बार प्रयास गरेपनि श्रव्यदृश्य समाचारमा नजाने पार्टीको नीतिका कारण त्यो सम्भव भएको थिएन ।

तर केन्द्रीय समितिको निर्णयसँगै उहाँलाई टिभी कार्यक्रममा जान बाटो खुलेको छ । नेकपा (मसाल) को संगठनात्मक संरचना भूमिगत छ भने महामन्त्री अर्धभूमिगत रहने प्रणाली छ । पछिल्लो समय उहाँका तस्विरहरु सार्वजनिक हुने गरेका थिए । बर्तमान राजनीतिका शिखर पुरुष महामन्त्री सिंहको विश्लेषण नेपाली राजनीतिमा लगातार मेल खाने गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया