Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकरप्रसाद बराल द्वारा राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता

   
234   पटक पढिएको

गणेश अधिकारी, पोखरा । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकरप्रसाद बरालले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएनुभएको छ ।

बरालको प्रस्ताकमा गण्डकी प्रदेशका सांसद कृष्ण थापा र समर्थकमा अर्का सांसद पियारी थापा रहनुभएको छ । उम्मेदवारी दर्ताका क्रममा नेकपा (मसाल) कास्कीका प्रवक्ता चन्द्रबहादुर केसी, अखिल (छैठौं) केन्द्रीय उपाध्यक्ष गणेश अधिकारी, राजमोका सुमन आचार्य, अखिल नेपाल युवक संघका केन्द्रीय सदस्य बिक्रम थापा, उद्योग ब्यापार संघका केन्द्रीय सदस्य सन्तोष पौडेल, दिलिप रेग्मी लगाएयत सहभागी हुनुहुन्थ्यो । माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको १८ पदका लागि आज मनोनयन दर्ता गरिएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया