Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नेपाल कम्युनिष्ट पार्टी नेकपा भुमिकास्थानको चौथो पुर्ण बैठक सम्पन्न

   
633   पटक पढिएको

 हृदय भुसाल,अर्घाखाँची। नेपाल कम्युनिष्ट पाटी नेकपा भुमिकास्थान नगरकमिटीको चौथो पुर्ण बैठक भुमिकास्थान आठ पोखेडाडामा महत्वपुर्ण निर्णहरु गर्दे सम्पन्न भएको छ । वैठक प्रमुख अथिती तथा नेकपा पाँच नम्वर प्रदेश कमिटी सदस्य नरेन्द कुमार क्षेत्रीले वैठकलाई सम्वोधन गर्दे पार्टी संगठनको कामलाई अझ प्रभाबकारी र थप सुदृढ गराउदै शसतm संगठन निमार्णमा लाग्नु पर्ने वताउनु भयो ।

नेता क्षेत्रीले पार्टीको बिधान बिधि अनुसार अनुुसाशनलाई पुर्णरुपमा पालना गर्दे बिकास निमार्ण र बिभिन्न गतिबिधीहरुमा जनताको माग र आवश्यकता को आधारमा पार्टीलाई अगाडी वढाउने बताउनु भयो । क्षेत्रीले पार्टीलाई पुरानाको अनुभव नयाँको जोस जाँगरले नयाँ गतिमा अगाडी वढाउनु पर्ने वताउनु भयो ।

बैठकमा नगरप्रमुख तथा नेकपा जिल्ला सदस्य रेशम थापाले बिकास निमार्णको काम तथा आम जनताका सरोकारका बिभिन्न बिषयहरुको वारेमा जानकारी गराउदै नगरको बिकास बिधीवाट अगाडी वढेको भन्दै थापाले सवैलाई सहयोग गर्ने आग्रह गर्नुभएको थियो । पार्टीको नियमित बैठकमा नेताहरुले जनताका बिकास निमार्णको काममा पार्टीले नेतृत्वदायी भुमिका गर्दै सवै पक्ष एकतावद्ध भएर पार्टीको काम र जनताको काममा लाग्नुपर्ने कुरामा जोड दिएका थिए ।

बैठकमा प्रदेश कमिटी सदस्य तथा प्रदेश क्षेत्र न २का इन्चार्ज तोज बहादुर रायमाझी बिधान, प्रदेश कमिटी सदस्यहरु छमकुमारी खनाल चिनारी, कुटमदिन अली, क्षेत्र नं २का संयोजक तथा जिल्ला कार्यालय सदस्य जिवनारायण कोईराला, जिल्ला कार्यालय सदस्य जाकिर हुसेन,नगर कमिटी इन्चार्ज खगेश्वर पन्थी सहइन्चार्ज ठाकुर बिक सौरागले जिल्ला कमिटी सदस्यहरु प्रेमनारायण गैरे शर्मिला प्रोख्रेल,जनक गैरे,रुद खनाल लगायत जिल्ला तथा प्रदेशका नेताहरुको बैठकमा आथित्यता रहेको थियो ।

चौथो पुर्ण बैठकले नगरकमिटीका कामहरुको समिक्षा तथा रिपोट रिपोटिङ्क, सदस्यता नविकरण, वाड कमिटी तथा टोल कमिटीहरुका वैठक नियमित गर्ने जनबर्गिय संगठनहरुको गठन पुर्नगठन गर्ने लगाएतका महत्वपुर्ण निर्णय गरेकोहरु गरेको कार्यालय सचिव झुपलाल खनालले बताउनु भयो ।

वैठक कमिटीका अध्यक्ष राजेन्द आचार्यको अध्यक्षता,प्रदेश कमिटी सदस्य नरेन्द कुमार क्षेत्रीको प्रमुख आथित्यता सचिव मणि पौडेलेको सञ्चालन मा सम्पन्न भएको प्रचार बिभाग प्रमुख हृदय भुसाल वताउनु भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया