Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

प्रदेश नम्बर ५ को राजधानी र नाम आगामी माघ ५ गते हुने हिउँदे अधिवेशनबाट टुङ्गाईने : भूमिश्वर ढकाल

   
600   पटक पढिएको

सुरज घिमिरे, बुटवल । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेश नम्बर ५ को राजधानी र नाम आगामी माघ ५ गते हुने हिउँदे अधिवेशनबाट टुङ्गाईने बताएका छन् ।

उनले भने, ‘प्रदेश सभाबाट गठित प्रदेशको नामाकरण र केन्द्र निर्धारण गर्ने विशेष समितिले प्रतिवेदन बुझाएको छ, सोही प्रतिवेदन अनुसार प्रदेश ५ को नाम र स्थायी राजधानी घोषण गरिनेछ ।’ सचेतक ढकालले प्रदेशका १२ वटै जिल्लाका जनतालाई चित्त बुझ्ने गरि राजधानी टुङ्गो लगाउने बताए ।

रिर्पोटर्स क्लब ५ नं. प्रदेशले मंगलबार बुटवलमा गरेको साक्षात्कारमा बोल्दै ढकालले माघ ४ गते संसदीय दलको बैठक बस्ने समेत जानकारी दिए । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सचेतक तथा प्रदेश सांसद निर्मला क्षेत्रीले प्रदेशको राजधानी र नामाकरणको बिषयमा धेरै छलफल र बहस नगरि अबकाे बैठकबाट टुंगो लगाउनु पर्ने बताइन्।

उनले कांग्रेसको पहिलो एजेण्डा भनेको प्रदेशको नामाकरण र राजधानी टुङ्गो लगाउने भएकाे बताउदै ‘आगामी माघ ५ गते हिउँदे अधिवेशनको शुभारम्भ हुदैँछ र कांग्रेसको पहिलो एजेण्डा भनेको प्रदेशको नामाकरण र राजधानी टुङ्गो लगाउने बिषय हो ।’ उनले सरकारले राजधानी तय गर्न पहिले प्रदेश सभाबात राजधानी सुझाब बिशेश समिति बनाएर पठाएको र फेरी अर्को बिज्ञहरुको उपसमिति बनाउदा ढिलो हुन पुगेको बताइन् ।

उनले अस्थायी राजधानी र नामाकरणको बिषयमा समय थपिनु नहुनेमा जोड दिइन् । कार्यक्रममा समाजवादी पार्टीका सचेतक तथा सांसद सन्तोष कुमार पाण्डेले गौतम बुद्धको भूमि लुम्बिनीलाई नै प्रदेशको नामाकरण गर्नुपर्ने बताए । उनले भौतिक पूर्वाधार सम्पन्न रहेको हालको अस्थायी राजधानी बुटवललाई नै स्थायी राजधानी बनाउनुपर्नेमा जोड दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया