Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

श्रीमानले ननुहाएपछि श्रीमतीले मागिन डिभोर्स

   
1412   पटक पढिएको

एजेन्सी । भारतको बिहार राज्यको वैशाली जिल्लाकी एक महिलाले आफ्ना पतिले ननुहाएको कारण देखाउँदै सम्बन्धविच्छेद मागेकी छन् ।

वैशालीकी २० वर्षीया सोनी रामले आफ्ना श्रीमान २३ वर्षीय मनिष रामले हरेक दिन ननुहाएको र ब्रश नगरेकाले सम्बन्धविच्छेद मागेकी हुन् । बिहार महिला आयोगमा उक्त उजुरी पुगेपछि आयोगले मनिष रामलाई आफ्नो बानी सुधार्न दुई महिनाको समय दिएको छ ।

यदि उक्त अवधिमा मनिषले आफ्नो बानी नसुधारे आयोगले उनीविरुद्ध उचित कारबाही गर्ने चेतावनी दिएको छ । आयोगकी अध्यक्ष दिलमणि मिश्रले भनिन्, ‘नयागांव निवासी सोनीले पतिबाट सम्बन्धविच्छेदको लागि अनुरोध गरिन्।’ मनिषसँग २०१७ मा उनको बिहे भएको थियो ।

मनीष पलम्बरको काम गर्छन् । ननुहाएकाले पतिको शरीरबाट गन्ध आउने सोनीको आरोप छ । ‘उसले न त ब्रश गर्छ न त नुहाउँछ नै,’ उनले भनिन्, ‘१० दिनपछि मात्र उसले नुहाउँछ । पतिको रूपमा उसको व्यवहार पनि राम्रो छैन ।’ सोनी पतिसँग कुनै पनि शर्तमा बस्न चाहदिनन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया