Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

मगर समाज द्वारा आयोजित कार्यक्रम तथा माघे सक्रान्ति(माघ्या सकराटी) साँझ २०७६ सफल बनाउन गायक टंक बुढाथोकी र मनोज थापा इजरायल आइपुगे

   
733   पटक पढिएको

तेलअभिव । मगर समुदायको मौलिक पहिचान ,भेषभुषा , भाषा ,धर्म ,संस्कार, कला ,संस्कृति,  पराम्परलाई संरक्षण,सम्बर्द्धन,प्रबर्द्धन गर्नको लागी सन २०१३ मा स्थापित नेपाल मगर संघ शाखा इजरायलले स्थापना भए देखि नै मगरहरुको आफ्नो मौलिक पहिचान बोकेका चाडपर्वहरु प्रत्येक बर्ष भब्य रुपले मनाउंदै आईरहेको छ ।

यसै क्रममा यस बर्षको माघे सक्रान्ती पर्व ( माघ्या सकराटी) २०७६ नेपाल बाट आमन्त्रित कलाकार द्वय टंक बुढाथोकी र मनोज थापा इजरायल आइपुगेका छन् । आउदो जनवरी १७ तारिख शुत्रबार तेलअभिवको हागना १३५ मा हुने कार्यक्रमलाइ भब्य सफल बनाउन इजरायल आइपुगेका कलाकार द्वय लाइ स्वागत गर्न साझ ८ बजे आयोजक संस्था नेपाल मगर संघ इजरायलकी अध्यक्ष लिला थापा मगर, बरिस्ठ उपाध्यक्ष जय पुन मगर, संगठन बिभाग सदस्य बिष्णु गर्बुजा मगर लगायत इजरायलको बेन्गुरियन एयरपोर्ट पुगेका थिए ।

कार्यक्रमको तयारी पुरा भएको जानकारी गराउदै आयोजक संस्था नेपाल मगर संघ इजरायल शाखाले स्थानिय कलाकारहरुको प्रस्तुति हुने साथै हल सम्म जान आउन गाडीको व्यवस्था समेत रहेको जानकारी दिदै इजरायलमा कार्यरत सम्पूर्ण नेपालीमा उपस्थितको लागि अनुरोध गरेको छ ।साथै भोलिपल्ट आमन्त्रित कलाकार हरु संग संगै सनिबार कोटेल र बेथलेहेम को भ्रमण समेत रहेको छ ।

इजरायलमा कार्यरत सम्पूर्ण नेपालीहरुलाई कलाकारहरुले उपस्थितको लागि अनुरोध समेत गरेका छन्।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया