Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सञ्चार विधेयक विरूद्व नेपाली कांग्रेस ले देशभरका जिल्ला प्रसासन कार्यलय मार्फत प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझायो

   
284   पटक पढिएको

माधव पौडेल ।
माघ ५,अर्घाखाँचीबुलेटिन - सोही विरोध कार्यक्रम अन्तरगत नेपालि काङ्ग्रेस अर्घाखाँची ले जिल्ला प्रशासन कार्यलय का प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेल मार्फत ज्ञापनपत्र बुझाएको काङ्ग्रेस अर्घाखाँची का सभापति बिस्नु प्रसाद खनाल मुस्कान ले जानकारी दिनु भयो ।

नेपाली काङ्ग्रेस को पार्टि कार्यलय सन्धिखर्क बाट जुलुस सहित निस्केका काङ्ग्रेस नेता कार्यकर्ताहरु ले जिल्ला प्रसासन कार्यलय अर्घाखाँची मा पुगेर ज्ञापनपत्र बुझाएका थिए ।ज्ञापनपत्र बुझाउदै काङ्ग्रेस सभापति मुस्कानले मुलुकमा सरकारले निरङकुस्ता लाद्न खोजेको मिडिया माथि अङकुच लगाउने भष्टचार बढाउने जस्ता गतिविधि गरेको बताउदै ज्ञापनपत्र पढेर प्रमुख जिल्ला अधिकारि मार्फत प्रधानमन्त्री लाई ज्ञापनपत्र बुझाउनु भएको थियो ।

कार्यक्रम मा बोल्दै उपसभापति सान्ता भण्डारी ले सूचना प्रविधि ऐनले मौलिक अधिकारलाई कुण्ठित गर्ने बताईन । प्रेस स्वतन्त्र नभए मुलकुमा तानाशाही व्यवस्था हावी हुँदै जाने बताईन । विरोधपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल ले विरोधपत्र आफूले सरकार समक्ष पुर्याउने पनि बताउनु भएको थियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया