Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

एनआइसी एसिया बैंकको शाखारहित बैकिङ्ग सेवा गुल्मीको उर्लेनीमा शुभारम्भ

   
642   पटक पढिएको

मधुसुधन पाण्डे।
गुल्मी , फाल्गुन २३ – NIC Asia बैंकको शाखारहित बैकिङ्ग सेवा गुल्मीको रेसुङ्गा नगरपालिका वडा न १२ मा शुभारम्भ गरिएको छ। देशैभरि ३१३ शाखा कार्यलय स्थापना गरेको NIC Asia बैंकले आफ्नो ५८ अौ शाखारहित बैकिङ्ग सेवाको रुपमा शाखा रहित बैकिङ्ग सेवा शुभारम्भ गरेको NIC Asia बैंक गुल्मी शाखा प्रवन्धक जगदिश पन्थीले जानकारी दिनुभयो ।

शाखा रहित बैकिङ सेवाको रेसुङ्गा नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि कुल बहादुर टण्डनले रिबन काटेर उद्घाटन गर्नुभएको थियो।उद्घाटन समारोहमा मन्तव्य राख्दै प्रमुख अतिथि तथा वडाअध्यक्ष टण्डनले शाखारहित बैकिङ्ग सेवा भएपनि शाखा कार्यलयले दिने सम्पूर्ण सेवा सुविधा दिनुपर्ने र वडाबाट सञ्चालन हुने सम्पूर्ण क्रियाकलापमा NIC Asia बैंकको शाखारहित बैकिङ्ग सेवालाई पुर्णरुपमा सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा बोल्ने अधिकासले बैकिङ्ग सेवाले रेनपा १२ लगायत सिंगो रेसुङ्गा तथा आसपासका वासीलाई सहयोग गर्ने वताउनु भएको थियो।साथै गुल्मीबाट पहिलो शाखारहित बैकिङ सेवा सुभारम्भ गरेका गुल्मीदरबार गाउँपालिका ७ का खुमलाल अर्यालले शाखारहित बैकिङ्ग सेवा हुनुका फाईदा तथा प्रयोगका बारेमा प्रस्ट पार्नुभएको थियो।

गुल्मी शाखा प्रवन्धक जगदिस पन्थीले शाखारहित बैकिङ्ग सेवाबाट प्राप्त हुने सेवाहरुको बारेमा जानकारी दिनु भएको थियो उक्त शाखारहित बैकिङ्गसेवा गुल्मी शाखाअन्तर्गत सञ्चालित हुने छ, शाखारहित बैकिङ्ग सेवाबाट दिने सम्पूर्ण सेवाहरु लिन रेनपा बासीलाई आग्रह गर्नुभएको थियो साथै शाखारहित बैकिङ्ग सेवामा कुनै समस्याहरु आएमा सम्बन्धित प्रतिनिधिलाई निर्धक्क साथ भन्न र यदि प्रतिनिधिले नसकेको अवस्थामा गुल्मी शाखामा सम्पर्क गर्नुहुन आग्रह गर्नु भएको थियो ।

बैक गुल्मी शाखा प्रमुख जगदीश पन्थीको अध्यक्षता तथा दिपक पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो कार्यक्रममा स्थानीय,समाजसेवी, राजिनितिक दलका प्रतिनिधि,पत्रकार लगायतको उपस्थित रहेको थियो। रेनपा १२ उर्लेनीमा शाखारहित बैकिङ्ग सेवाको कार्यलय रहनेछ भने त्यस शाखारहित बैकिङ्ग सेवाको प्रतिनिधिका रुपमा अमर थापाले कार्यसम्पादन गर्नुहुने छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया