Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

इतिहास मै पहिलो पटक तीज प्रवचन सार्वजनिक (भिडियो सहित )

   
672   पटक पढिएको

माधब पौडेल असार ३०। प्राध्यापक तथा गायक योगराज पोखरेल ले हिन्दू नारीहरुको बिशेष पर्व हरितालिका तीजको अवसर पारेर "तीज प्रवचन" सार्वजनिक गरेका हुन्।

बिशेष गरेर तीज पर्व को बारेमा र महत्व अनी अतित र बर्तमान लाई यस प्रस्तुति मा स्पष्ट संग बुझ्न सकिन्छ। स्वर्गीय बाचन शिरोमणि नारायण पोखरेल बाट प्रभावित योगराज, बाचन शैली नारायण पोखरेल कै अनुसरण गरेका छन्।

अघिल्ला वर्षहरुमा निकै चर्चित तीज गीत हरु टेन्सन हटाईदेउ,पिर पर्याछ मलाई लगायत दुई दर्जन भन्दा बढी गीत मा स्वर दिएका पोखरेल ले अहिले भने इतिहास मै पहिलो पटक तीज प्रवचन सार्वजनिक गरेका हुन्।

युनिक मुभिजले बजारमा ल्याएको यस प्रस्तुति मा प्रवचन संगै पुराना पालामा गाएका पुराना सांस्कृतिक शब्द अनि लयमा बिच बिचमा सुन्न अनि हेर्न सकिन्छ। चर्चित गायिका प्रिया भण्डारी ले गायक पोखरेल लाई स्बर मा साथ दिएकी छिन।

उनकै निर्देशनमा छायांकन गरिएको यस प्रस्तुति मा बिजय पोख्रेल को संपादन र माधब पौडेल को छायांकन रहेको छ। बुटवल बहुमुखी क्याम्पस रसायन शास्त्रको प्राध्यापक समेत रहेका पोखरेल लाई हाम्रो तर्फ बाट पनि यस प्रस्तुति तीज प्रवचन को सफलता को सुभकामना।

हेर्नुहोस भिडियो -

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया