Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीका रायमाझी परिवारको तीज कोसेली नक्क्ले भिनाजु भाग ४ “ भिनाजु को छ्ड्के ताल ”(भिडियो सहित )

   
899   पटक पढिएको

हरि कुँवर , अर्घाखाँची ।
साउन ८ ,अर्घाखाँचीबुलेटिन - अर्घाखाँचीका रायमाझी परिवारका चार दिदी भाईको स्वरमा सजिएको तीज कोसेली नक्क्ले भिनाजु भाग ४ “भिनाजु को छ्ड्के ताल ” सार्वजनिक भएको छ ।

नेपाली महिलाहरु को महान पर्व हरितालिका तीजको विशेष महत्त्व छ । तीज नजिकै गर्दा एक पछि अर्को तीज गीत सुन्न र भिडियो देख्न पाएका छौ यस्तै क्रममा अर्घाखाँचीका रायमाझी परिवारका गायक बिशाल रायमाझी, हरिमाया रायमाझी , सर्मिला रायमाझी , गायिका तथा मोडल एलिना रायमाझी कुनै नौलो नाम होइन नेपाली गीत संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । नक्क्ले भिनाजु १-२-३ ,पुर्वे धरान , गुन्द्री चकटी, पधेरीको पानी , तातो तातो मम , आकुम बाकुम जस्ता धेरै गीतले बजारमा चर्चा बटुलेको देख्न सकिन्छ ।

कमेडी तीज गीत “भिनाजु को छ्ड्के ताल ” मा शब्द विशाल रायमाझी, हरिमाया रायमाझी र शर्मिला रायमाझीको स्वरमा रहेको छ भने बिसाल रायमाझीले शब्द संगीत भरेका छन।

एरेन्ज कमल सौरागले गरेको उक्त गीतमा राजकुमार मगरको निर्देशन सम्पादन र छायांकन सागर गौतमले गरेका हुन । म्युजिक भिडियोमा विशाल रायमाझी, एलिना रायमाझी हरिमाया रायमाझी,शंकर पुरी,गौरव श्रेष्ठ, अभिषेक श्रेष्ठ, बिनय गुरुङ,सृजन खनाल ,रामहरी पोखरेल,र साबि थापाको दमदार अभिनय देख्न सकिन्छ । विशाल रायमाझीले आफ्नै युटुव च्यानल बाट सार्वजनिक गरेका हुन ।

हेर्नुहोस भिडियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया