Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

रक्तिम सांस्कृत्तिक अभियानको नयाँ प्रस्तुती "लौ उठ नारी"सार्वजनिक (भिडियो सहित )

   
986   पटक पढिएको

रक्तिम सांस्कृतिक अभियान काठमाडौं जिल्ला समितिले तीज गीत ‘लौ उठ नारी’ सार्वजनिक गरेको छ ।मेस्मा पुनको स्वरमा सजिएको गीतको शब्द सिर्जना, संगीत तथा एरेन्ज हेमराज आश्रमले गर्नुभएको छ ।

रेनु पुनसहित रक्तिमका कलाकारहरुको जोशीले नृत्य रहेको गीतको छायाकंन मधुर बस्नेत तथा सम्पादन मेक बहादुर थापाले गर्नुभएको छ । गीतको कोरियोग्राफरमा सुप्रभा थापा र विष्णु शर्मा रहनुभएको छ । गीतको रेकर्डिङ मुर्चुङ स्टुडियोमा गरिएको हो ।

गीतमा राष्ट्रियतासँगै महिला हरुको अवस्था झल्किएको छ । गीतले नारीहरुमाथि हुने गरेको शोषण दमन विरुद्ध उठ्न महिलाहरुलाई प्रेरित गर्नुका साथै राष्ट्रियता प्रति जागरुक बनाउने प्रयास गरेको छ ।

हेर्नुहोस भिडियो

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया