Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

अर्घाखाँचीका चर्चित गायक प्रकाश परियार र पाल्पाली चेली अनुषा रम्जालीको मौलिक तिज गित " ठोक मादल "बजारमा सार्वजनिक

   
482   पटक पढिएको

कमला थापा ,सन्धिखर्क।
साउन १९ ,अर्घाखाँचीबुलेटिन - जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ अर्घाका चर्चित लोकदोहोरि गायक प्रकाश परियार र गायिका अनुषा रम्जालीको मौलिक तिज गित " ठोक मादल "बजारमा सार्वजनिक भएको छ।

अर्घाखाँचीको अर्घामा जन्मेका लोकदोहोरी गायक प्रकाश परियारले आजको मिति सम्म एक दर्जन भन्दा धेरै गीति एल्बमहरु बजारमा सार्वजनिक गरिसकेका छन।

सुमधुर स्वरका धनि गायक प्रकाश परियारले अर्को गीति एल्बम " फुलेको रसैले " पनि छिट्टै बजारमा सार्वजनिक गर्ने बुलेटिनलाइ बताएका छन्।

यस तिज गीतमा गायक प्रकाश परियार र गायिका अनुषा रम्जालीको स्वर रहेको छ भने लय शब्द बुद्वबिर गोर्खालीको रहेको छ। गीतको एरेन्ज कृष्ण पुनले गरेका छन्। निर्देशन भने राज पाठक को रहेको छ तेसै गरि छायांकन प्रकाश नागरिले भूमिका निभयाएका छन् भने भिडियो सम्पादक रोशन धितालले गर्नु भएको छ।

" ठोक मादल "तिज गीतमा मोडल दुर्गेश सुनार ,चम्पा बडु स्टार कथ्यात उषा किरण ज्योतिको उत्कृष्ट भूमिका रहेको छ।

हेर्नुहोस भिडियो -

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया