Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रचण्डले पार्टी फुट्नसक्ने संकेत

   
280   पटक पढिएको

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुट्नसक्ने संकेत गरेका छन् । उनले त्यसका लागि मानसिकता तयार गरेर बस्नसमेत भनेका छन् ।

आज आफ्नो समुहका नेता तथा निकटस्थ सञ्चारकर्मीलाई बोलाएर भेला गर्दै प्रचण्डले कुनैपनि बेला कठोर निर्णय लिएर जानुपर्ने परिस्थितिबारे व्याख्या गरे । यस्तै परिस्थिति रहे पार्टी फुटतर्फ जाने खतरा आउनसक्छ, प्रचण्डको भनाई उदृत गर्दै एक सहभागीले भने, कहिलेकाहीं खराब परिस्थिति पनि आउनसक्छ र त्यसका लागि मानसिकता तयार गरेर बस्नुपर्छ ।

प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको चर्को आलोचना गरे । उनले आफ्नो अपमान गर्ने गरी निरन्तर गतिविधिहरु भइरहेको टिप्पणी गरे । पूर्व एमालेहरुलाई एक बनाउने र पूर्व माओवादीलाई तान्ने शैलीमा आक्रमण गर्नुपर्छ भन्ने हिसाबले जान खोजिएको आरोप लगाए । ओलीले पार्टीको निर्णय समेत नमान्ने भनेर बढ्न खोजेको भन्दै असन्तुष्टि जनाए । प्रचण्डले अध्यक्षका रुपमा आफ्नो कुर्सी हटाएर अपमानित गरेको स्मरण गराए ।

ओलीमाथि पटक पटक फुटको पक्षमा गतिविधि गर्दै आएको प्रचण्डको आरोप थियो । निर्वाचन आयोगमा नेकपा एमाले दर्ता, बहुदलीय जनवादको नारा देखि सडकमा राष्ट्रवादको नाममा नारावाजी लगाउने सम्म गराइएको आरोप लगाए ।

भेलामा प्रचण्डका अलावा वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । उनीहरुले पार्टी नेतृत्वको चर्को आलोचना गरेका थिए । अवस्था यसरी नै बढे पार्टी गम्भीर दुर्घटनामा पुग्ने र दुरगामी नकारात्मक असर पर्ने भन्दै ठोस कदम चाल्नुपर्नेमा जोड दिएका थिए ।रासस

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

कोरोना महामारीमा फ्रन्टलाइनमा खटेका न्युयोर्कको अस्पतालमा कार्यरत एक नेपाली डाक्टरको नि’धन

न्युयोर्क। कोरोना महामारीमा फ्रन्टलाइनमा खटेका न्युयोर्कको अस्पतालमा कार्यरत एक नेपाली डाक्टरको नि’धन