Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

दाङमा दुई दर्जनभन्दा वढी युवाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश

   
820   पटक पढिएको

दाङ। घोराही उपमहानगरपालिकाको विभिन्न वडाका युवाहरु राष्ट्रिय जनमोर्चामा प्रबेश गरेका छ्न । अखिल नेपाल युवक संघ घोराही उपमहानगरपालिकाले एक कार्यक्रमको आयोजना गरि युबाहरुलाइ प्रबेश गराएको हो ।

नगर अध्यक्ष डोर बहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चा दाङ जिल्ला अध्यक्ष गणेश आचार्यले अविर लगाइ युबाहरुलार्इ पार्टी प्रवेश गराएका थिए ।

प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष आचार्यले युबाहरुको काधमा समाज रुपान्तरण गर्ने जिम्मेवारी भएकोले सधै पार्टीहरुको भोट बैंक र सत्ता प्राप्तीको भर्‍याङ होइन आफै सचेत र जिम्मेवार भएर लाग्नु पर्ने कुरा बताएका थिए ।

प्रबेश गर्नेहरुमा सुमन घर्तीको नेतृत्वमा गोबिन्द जिसी, विशाल गाहा, अरुण गुरुङ, प्रदिप घर्ती, सबिन खनाल, तिलक घर्ती, कुसल केसी , अर्जुन खत्री,रक्तबिज घर्ती, चित्रसिंह पुन, माधब घर्ती, दिल कुमार दसौदी, जीवन बिष्ट, अर्जुन थापा, टोपेन्द्र आग्रीलगायत रहेका छन । कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघका जिल्ला सचिव तुलसीराम पन्थीले पनि मन्तव्य राखेका थिए ।

अखिल नेपाल युबक संघ जिल्ला सदस्य दिपक रोका, घोराही नगर कोषाध्यक्ष दिपक केसीलगायतको उपस्थितमा युवाहरु प्रवेश गरेका थिए । कार्यक्रमको सहजीकरण कोषाध्यक्ष श्रीराम भट्टराई ले गर्नु भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

कोरोना महामारीमा फ्रन्टलाइनमा खटेका न्युयोर्कको अस्पतालमा कार्यरत एक नेपाली डाक्टरको नि’धन

न्युयोर्क। कोरोना महामारीमा फ्रन्टलाइनमा खटेका न्युयोर्कको अस्पतालमा कार्यरत एक नेपाली डाक्टरको नि’धन