Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

गाई म'रेपछि कि'रि'या बसे इटहरीका एक दम्पती

   
761   पटक पढिएको

इटहरी,साउन २३। गाईको काजकिरिया होला भन्दा सबैलाई बिश्वास नलाग्न सक्छ । तर यो खबर सत्य हो । इटहरीका एक दम्पती घरमा पालेको गाई मरेपछि हिन्दु परम्परा अनुसार किरिया बसेका छन् ।

इटहरी १ आँपगाछी तरहराका एक दम्पतीले गाईको किरिया बसेका हुन् ।यहाँका शेरबहादुर कटवाल दम्पतीले आफ्नो घरमा पालेको गाई मरेपछि किरिया बसेका हुन् ।

घरमा पालेका दुईवटा गाईमध्ये एउटा गाई भदौमा ब्याउन लागेको भएपनि अचानक बिरामी भएर उपचार गर्ने क्रममा गाई मरेपछि आँफू किरिया बसेको कटवालले बताए ।

गाई मरेको आठ दिनदेखि सुरु गरेर तीन दिन सम्मका लागि गाईको किरिया बसेको हुँ, कटवालले भने, हिन्दु धर्मअनुसार गाईलाई हामीले लक्ष्मीको रुपमा पूजिने भएकाले पनि किरिया बसेका हौँ ।

अहिलेका पुस्ताले पनि गाईलाई लक्ष्मीको रुपमा पूजा गर्नुपर्ने उनको तर्क थियो ।

तीन दिनपछि पुरोहित बोलाएर हिन्दु धर्मअनुसार पाठपूजा गरेर चोखिने कटवालले बताए। संचार पाटि बाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया