Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

हाँसी मजाक गर्ने क्रममा उचालेर पछार्दा जंगबहादुर बेलदारको मृ'त्यु

   
403   पटक पढिएको

बुटवल । रुपन्देहीको सियारी गाउँपालिकामा हाँसीमजाकमै एकजनाको ज्यान गएको छ । वडानम्बर ३ सितापुर बस्ने ओमप्रकाश यादबले स्थानीय जंगबहादुर बेलदारलाई उचालेर पर्छादा ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार मादक पदार्थ सेवन गरी हाँसी मजाक गर्ने क्रममा उचालेर पछार्दा जंगबहादुर बेलदारको ढाड र कम्मरमा चोट लागेको थियो । त्यसपछि उपचारका लागि मेडिकल कलेज भैरहवामा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले जानकारी दिए । रातो पाटि बाट साभार

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया