Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

टोपबहादुर रायमाझी ओली समुहमा प्रवेश गरेका हुन् त ?

   
516   पटक पढिएको

हरि कुँवर,अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी पछिल्लो समय पार्टी एकताको पक्षमा रहेको बताएका थिए । के टोपबहादुर रायमाझी ओली समुहमा प्रवेश गरेका हुन् त ? भन्ने प्रश्न अर्घाखाँचीमा रायमाझीका निकटतमहरु को मन मस्तिष्क मा गुन्जिएको अवस्था छ ।

अर्घाखाँचीमा प्रत्येक कार्यक्रममा आफू एकताको पक्षमा रहेको दाबी गरेका थिए । उनीसहित ११ जना स्थायी कमिटी सदस्यहरुले समुह बनाएर पार्टी नेतृत्वमाथि दबाब सृजना गरिरहेको भन्ने बुझिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापालाई भेटेपछि समाजिक संन्जाल एवम् जिल्लामा बहस सुरु भएको हो ।

रायमाझी ले भेटपछि थापाले उनलाई पार्टी एकता र सहमतिका हिमायती भनी सामाजिक संन्जाल बाट प्रशंशा गरेका थिए । यदि नेकपा फुटेर गयो भने गणतन्त्र धरापमा पर्ने हो कि भनेर बारम्बार भनी आइरहेको अवस्थामा यसलाई निकै अर्थपूर्ण मानिएको छ । ओली पक्षले रायमाझीलाई आफ्नो साथमा ल्याउन कोशिश गरिरहेको बुझिएता पनि रायमाझी आफू फुट्को होइन जुट्को साथ रहेको बताएका छन ।

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) फुटेर होइन, जुटेर राष्ट्रनिर्माणमा एकढिक्का हुँदा राम्रो हुनेछ । विश्व कम्यूनिष्ट आन्दोलनले नेपालबाट केही आशा गरिरहेको अहिलेको ऐतिहासिक परिस्थितिमा यही सरकारलाई स्थिरता दिएर पार्टी एकजुट बनाएर लानु पर्नेमा रायमाझीले जोड दिदै आएका छन । कदमगदाचित नेकपा फुटेन्न भने रायमाझीको ठूलो योगदान रहने जिल्लाका नेकपा निकट विद्यार्थी नेता बताउछन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

कोरोना महामारीमा फ्रन्टलाइनमा खटेका न्युयोर्कको अस्पतालमा कार्यरत एक नेपाली डाक्टरको नि’धन

न्युयोर्क। कोरोना महामारीमा फ्रन्टलाइनमा खटेका न्युयोर्कको अस्पतालमा कार्यरत एक नेपाली डाक्टरको नि’धन