Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सबै क्षेत्रमा हात राखेका अभिनव ले निर्देशन गरेको गीत सार्वजनिक (भिडियो सहित )

   
300   पटक पढिएको

माधव पौडेल ,अर्घाखाँची।
भदौ ३ ,अर्घाखाँचीबुलेटिन- गीत बजारमा ल्याउँदा धेरै जना व्यक्तिहरुको हात हुने गर्दछ।अर्थात गीत बनाउने काम सामुहिक कार्य हो।गीतको शब्द संगीत स्वर अभिनय निर्देशन लगायतका अनिवार्य कुराहरूको संयोजन पछि मात्रै गीतले पूर्णता पाउने गर्दछ।

नेपाली सांगीतिक क्षेत्रमा एउटा उदाउँदो नाम हो अभिनव चौहान । उनी पछिल्लो समयमा सबै को मन मुटु मा बस्न सफल भएका छन् ।
उनको निर्देशनमा भर्खरै मात्र छड्के सलाम छ रानी हजुरलाई बोलको काठे भाका सार्वजनिक भएको छ।यस्ता भाकाहरु विशेषगरी काठमाडौंं आसपासका जिल्लाहरुमा प्रचलित भाका हुन् ।

दिनेश श्रेष्ठ,सीता लामा र शुशिला लामाले आवाज दिएको यस गीतमा शब्द सपना लामाले लेखेकी हुन भने गोविन्द घोरासैनीले लय गरेका छ।सगरमाथा युटुब च्यानलबाट सार्वजनिक भएको यस गीतमा अभिनव चौहानको उत्कृष्ट निर्देशन देख्न सक्नुहुनेछ ।

पूरा भिडियो हेर्नुहोस् 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया