Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

गायक यादन शेर्मा र चन्द्रकला राईक "गुरासै टिपी"बोलको गीत सार्बजनिक (भिडीयो सहित )

   
441   पटक पढिएको

भदौ ४। चर्चित गायक यादन शेर्मा साथै चर्चित गायिका चन्द्रकला राईको आवाजमा नयाँ पुर्वेली मारुनी गीत "गुराँसै टिपि" बोलको गीत सार्बजनिक भएको छ।

लामो समय देखी नेपाली गीत सङगितको जगेर्नामा लागी परेका गायक यादन शेर्माले दर्जनौं बढी गीतमा आवाज भरि सकेका छन भने दर्जनौं गीतमा सङगित भरेका छन साथै "सुनकोशिको छेउ पुर्वेली "नेपाली लोक गीत देखी सांगीतिक यात्रा सुरु गरेकी गायिका चन्द्रकला राईले धेरै गीतमा आवज साथै सङीत भरेकी छन।

दुइ चर्चित गायक गायिकाको सहकार्यमा निर्माण भएको गुरासै फुल्यो बोलको पुर्वेली मारुनी गीत नेपाली मौलिकता झल्कनुको साथै माँया पिरतीमा आधारित रहेको छ।यसको संगीत सम्योजन पदम राजन मगर ले गर्नुभएको छ भने मिक्सिङ मुस्कान मुकारुङको रहेको छ त्यस्तै छायांकन र सम्पादन भने कृष्ण थलङ्ग ले गरेका छन।

गीत सेवा रेकर्डिङ स्टुडियो मा रेकर्ड भएको हो भने यादन शेर्माको आफ्नै युटुब च्यानल मार्फत सार्बजनिक गरिएको हो।

हेर्नुहोस भिडियो -

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया