Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

झन्डै ६ महिना पछि आजदेखि नेपालमा अन्तर्राष्ट्रिय उडान खुला

   
647   पटक पढिएको

काठमाडौं। १६० दिनपछि आजदेखि नेपालमा अन्तर्राष्ट्रिय उडान खुला भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले लकडाउन शुरु हुनुभन्दा केही दिन अघिदेखि रोकिएको व्यावसायिक हवाइ उडानमा अनुमति दिएको हो ।

सरकारले विभिन्न देशमाथि गत चैत आठ गतेदेखि लगाएको अन्तर्राष्ट्रिय हवाई उडान प्रतिवन्ध खुला गर्दै नियमित व्यावसायिक उडान तालिका तय गरेको हो । नयाँ उडान तालिकाअनुसार आजदेखि आगामी १४ असोजसम्ममा ६० वटा नियमित उडान र २७ वटा चार्टर उद्धार उडान हुनेछन् ।

दैनिक दुई व्यावसायिक उडान तथा एक चार्टर उडानका लागि नागरिक उडडयन प्राधिकरणले अनुमति दिएको छ । सरकारले अझै कोरोनाको उच्च जोखिम कायमै रहेका मुलुकबाट पिसिआर रिपोर्टसहित आउन नसक्नेहरूलाई मध्यनजर गरी केही मुलुकमा भने चार्टर उद्धार उडानलाई नै निरन्तरता दिने भएको हो। रासस 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया