Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

सोलुखुम्बुमा एउटै पेटका दाजु बहिनीले विवाह गर्न लागेपछि आमाले दिइन् प्रहरीमा उजुरी

   
442   पटक पढिएको

काठमाडौ । पछिल्लो समय समाजमा सोच्नै नसकिने घटना हुन थालेका छन् । सोलुखुम्बुमा फेरी एउटा यस्तै घटना सार्वजनिक भएको छ । एउटै आमाको पेटवाट जन्मिएका दाजु बहिनीले बिबाह गर्न लागेको भन्दै आमाले प्रहरीको सहयोग मागेकी छन् ।

आमाले आफ्ना छोराछोरीले विवाह गर्न लागेको भन्दै प्रहरीमा उजुरी दिएपछि उनीहरु पक्राउ परेका छन् । बुधबार जिल्लाको महाकुलुङ गाउँपालिकाबाट २३ वर्षीय दाजु र १९ वर्षीय बहिनीले यस्तो गल्ती गर्न लागेपछि आमाले दिएको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको छ ।

प्रहरीका अनुसार दाजु बहिनीले प्रारम्भिक सोधपुछमा बिबाह नै गर्न लागेको स्वीकार गरेका छन् । उनीहरुले बिबाह गर्ने र आवश्यक परे गाउँ नै छा’ड्ने सहमतिमै शा’रीरिक सम्पर्क समेत गरेको प्रहरी सामु बताएका छन्। उनीहरुलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय ल्याईंदैछ। अहिले दुवै जनालाई पक्राउ गरि मु’द्दा चलाउने प्रहरीको तयारी छ। यसअघि स्थानीय स्तरमा समेत छलफल भएको थियो। source - Naulo Today

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया