Arghakhanchi Bulletin : The Fastest News Publisher from Nepal

कुवेतमा अस्ताए काभ्रेपलाञ्चोकका ३१ वर्षिय विष्णु

   
346   पटक पढिएको

कुवेत। काभ्रेपलान्चोक घर भई कुवेतमा कार्यरत ३२ बर्षिय बिष्णु बहादुर तामाङको कुवेतमा मृत्यु भएको छ । उनको उपचारकै क्रममा कुवेतको आदान अस्पतालमा सेप्टेम्बर ०५ शनिबार, २०२० का दिन मृत्यु भएको हो ।

पारिवारिक स्रोतका अनुसार बिष्णु बहादुरलाई १५ दिन अघि मात्र कुवेतको स्वेखमा रहेको मानसिक अस्पतालमा लगिएको र १२ दिन उपचार पछि फर्काइएको थियो तर कम्पनीको आवासमा फर्किए पछि पुन: कुवेतको आदान अस्पताल लगिएकोमा उपचारकै क्रममा बिष्णुको मृत्यु भएको खबर आफुहरुले पाए पछि हामीहरु सार्है दुखित भएका छौ र पत्याउनै गार्हो परिरहेको छ।

नेपाली राजदूतावास कुवेतका द्वितिय सचिब श्रीकृष्ण सिलवालले राहदानी नं- ०६६८५९९१ का बिष्णु बहादुर तामाङको मृत्यु बारे प्रारम्भिक जानकारी राजदूतावासमा आएको बताए ।

उनले भने “बिष्णु नोभेम्बर, २०१९ मा कुवेतको आर्मर स्टेट गार्ड कम्पनीमा सेक्युरिटी गार्डको रुपमा आएको देखिन्छ । उहाँको मृत्युको पूर्ण विवरण आउन बाँकी भए पनि कम्पनी र परिवारसंग समन्वय गरेर दूतावासले कानुनी प्रकृया शुरु गरिसकेको जनाएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

विश्व समाचार

कोरोना महामारीमा फ्रन्टलाइनमा खटेका न्युयोर्कको अस्पतालमा कार्यरत एक नेपाली डाक्टरको नि’धन

न्युयोर्क। कोरोना महामारीमा फ्रन्टलाइनमा खटेका न्युयोर्कको अस्पतालमा कार्यरत एक नेपाली डाक्टरको नि’धन