भुमिकास्थानमा उपप्रमुख बेल्बासेद्वारा सरकारी ढुकुटी माथि रजाईं: आफ्नो पार्टी र ब्याक्तिगत प्रयोगका लागी पालिकाको स्कार्पियो दुरुपयोग

| २०७८ भदौ २१ गते १७: ०६ मा प्रकाशित

गुरुदेव खनाल,सन्धिखर्क।भुमिकास्थान नगरपालिका का उपमेयर खडानन्द बेल्वासे ले भुमिकास्थान न. पा. रहेका सरकारी गाडिहरुको आफ्नो पार्टीको  महाधिवेशनका लागी दैनिकी प्रयोग गर्दै आईरहेका छन्। 

आफ्नो पार्टीको महाधिवेशनका लागी सरकारी ढुकुटी माथि रजाईं गर्दै नगरपालिकाको स्कार्पियो गाडी दैनिकी प्रयोग गर्नु कत्तिको उचित होला? सरकारी गाडी पार्टीका कार्यक्रम र व्यक्तिगत कामका लागि पालिकामा राखिएका हुन कि? नगरपालिकाको समग्र अफिसियल कामका लागि ?

प्राप्त खबर अनुसार भुमिकास्थान नगरपालिकाले पालिकाको अफिसियल कामको लागि रातो नम्बर प्लेटको मेहन्द्र स्कार्पियो गाडी महिनौँ पिच्छे झन्डै एक लाख रुपैँया तिर्ने गरि भाडामा लिएर राखेको बुझिएको छ। 

तर पालिकाको अफिसियल कार्यको लागि भाडामा लिईएको स्कार्पियो गाडी नेपालि कांग्रेशको १४ औँ महाधिवेशन शुरु भए लगत्तै भुमिकास्थान नगरपालिकाका उपप्रमुख खडानन्द बेलबासेले आफुखुसी आफ्नो पार्टी र आफ्नो ब्याक्तिगत प्रयोगमा सरकारी गाडी दुरुपयोग गरेको बिषयप्रति पालिका वासी आक्रोसित रहेका छन्। 

सरकारी ढुकुटी (गाडी) माथि पार्टीको काममा गाडी दुरुपयोग गर्ने उपप्रमुख बेल्बासे प्रति सम्बन्धित निकायको छिटोछरितो ध्यानाकर्षण जावोस र यथासिघ्र छानबिन होस् भन्ने अर्घाखाँचीबुलेटिन परिवार अनुरोध गर्दछौं। 

प्रतिक्रिया दिनुहोस्