चुनावमा आफु उठेको उम्मेदवारीमा जीत हासिल गर्न पैसा बाड्न भुनापाका उपप्रमुख बेल्वासे द्वारा सरकारी गाडीको दुरुपयोग : स्थानीयले समातेर पालिकालाई बुझाए गाडी

| २०७८ असोज ८ गते १६: २३ मा प्रकाशित

गुरुदेव खनाल ,सन्धिखर्क।जील्लाको भुमिकास्थान नगरपालिकाका उपप्रमुख खडानन्द बेल्वासेले आफ्नो पार्टी र ब्याक्तिगत प्रयोगका लागि दुरुपयोग गर्दै आएको सरकारी गाडी स्थानीयहरुले समातेर सम्बन्धित निकायलाइ बुझाएका छन्। 

उपमेयर बेल्वासेले आफू महाधिवेशन चुनावमा उठेको उम्मेदवारीमा जीत हासिल गर्न भुनापाको नुवाकोटमा वडाका जनप्रतिनिधिरुलाई पैसा बाढ्न जाने क्रममा बा.१ ज.५६३ नम्बरको सरकारी गाडी उनकै पार्टीका कार्यकर्ताले पक्राउ गरेर नगरपालिकालाई बुझाएको खबर प्राप्त भएको छ। 

भुमिकास्थान नगरपालिकाका प्रशासकिय अधिकृत लिला राउत काम बिशेषका कारण पालिकामा नरहेको र आइतवार पालिकामा फर्किएर उपप्रमुख खडानन्द बेल्वासेलाई कारबाहीको बिषयमा छलफल गरिने बुलेटिनलाई बताउनु भएको छ। 

उपप्रमुख खडानन्दलाई यस अघि पनि पार्टीको १४ औँ अधिबेशन र ब्याक्तिगत प्रयोगका लागि स्कार्पियो गाडी दुरुपयोग गरेको आरोप लागेको थियो। 

प्रतिक्रिया दिनुहोस्