रास्ट्रिय जनमोर्चा का प्रतिबद्ध सदस्य बेदुराम गैरेको ९९ बर्षको उमेरमा निधन

| २०७८ कार्तिक २ गते १२: ५६ मा प्रकाशित

अशोक खनाल 

अर्घाखाँची,कार्तिक २।भुमिकास्थान नगरपालिका वडा न.८ निवासी रास्ट्रिय जनमोर्चा का प्रतिबद्ध सदस्य बेदुराम गैरेको सोमबार राती ९९ बर्षको उमेरमा निधन भएको छ  उहाँको पार्थिक शरीरमा रास्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश सचिवालय सदस्य शेर बहादुर केसिले पार्टीको पार्टीको झन्डा ओढाइ अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको थियो। 

सन्धिखर्क नगरपालिका को वडा न. ७ को गच्छेखोला घाट्मा अन्तिम श्रद्धाञ्जली दिनको लागी राजमो का केन्द्रिय सदस्य शागर केसि , राजमो लुम्बिनी प्रदेश सदस्य तथा  जिल्ला अध्यक्ष थम्मन केसि,नेकपा मसालका जिल्ला प्रबक्ता पशुपति ढकाल , राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेल , राजमोका जिल्ला सचिवालय सदस्य तथा ट्रेड युनियनका केन्द्रिय उपाध्यक्ष गोबिन्द बिसि , विभिन्न राजनैतिक दल का प्रमुख तथा प्रतिनिधि ,जिल्ला स्थित राजमोका नेता  कार्यकर्ता तथा संचारकर्मी हरुको उपस्थित रहेको थियो।

स्वर्गीय गैरे का चार भाइ छोरा चार बैनी छोरी तथा १२ नाति १० नातिनी ५ पनाति ११ पनातिनि रहेका छन् ,स्वगिय गैरेका जेष्ठ छोरा चेतनारायण गैरेका जेष्ठ छोरा बिनोद गैरे नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीका सचीव हुनुहुन्छ ।

स्वर्गीय बेदुराम गैरे प्रती अर्घाखाँची बुलेटिन परिवार भाबपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तब्ध परिबारजन मा धैर्य धारण गर्ने क्षमता प्रदान होस् भनी श्रद्धाञ्जली ज्ञापन गर्दछौँ।

प्रतिक्रिया दिनुहोस्