अविरल बर्षका कारण पहिरो खस्दा भुमिकास्थानको कौली पोखरामा घर भत्कियो (भिडियो सहित)

| २०७८ कार्तिक ६ गते १५: ०० मा प्रकाशित

हरिशचन्द्र बिश्वकर्मा। अर्घाखाँची जिल्लाको भुमिका स्थान -७ नुवाकोट को कौली पोखरा मा लगातार ४ दिन परेको अविरल बर्षका कारण पहिरो खस्दा घर भत्किएको छ। 

मध्यरातमा सुतेको समय मा भुमिकास्थान ७ नुवाकोट निवासी छमकला बि. क को घरको माथी बाट एक्कासि पहिरो खस्दा घरभत्किन पुगेको छ भने बृद्वा छमकला बि. क सामान्य घाईते भएकी छिन। 

घटनाको बृस्तृत जानकारी आउँन बाँकी रहेको छ। 

प्रतिक्रिया दिनुहोस्