अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वार्ड नं. ९ डेभामा सामुदायिक स्वास्थ्य इकाइको शुभाराम्भ

| २०७८ कार्तिक १४ गते १९: ३० मा प्रकाशित

रुद्रमणि भुसाल । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वार्ड नं. ९ डेभामा सामुदायिक स्वास्थ्य इकाइको शुभाराम्भ भएको छ।  

सामुदायिक स्वास्थ्य इकाइको शुभारम्ब गदै भुमिकास्थानका नगर प्रमुख रेशम थापाले सिटामोल  र जिबनजल पाउन समेत डेभा, सुवर्णखाल , देबिखण्ड, ओखते सानडेभाका गरि झन्डै चारहजार नागरिकहरुलाई धन्चौर र ढिकुरा जानुपर्ने बाध्यताको अन्त्य गरेको बताउनु भएको छ । नगर प्रमुख थापाले डेभामा  सामुदायिक स्वास्थ्य इकाइ संगै कक्षा १२ सम्मको पलस्टु संचालन ,गच्छेभालुबाङ्ग ग्राभेल लगायतका बिकास निर्माणका कामले जनताको आधारभुत बिकासका काम तिव्र्र गतिमा अगाडि बढेको बताउनु भएको छ । नगरउपप्रमुख खडानन्द बेल्लबासेले आधारभुत स्वास्थ्यसेवा सुरु  गरेकाले यसलाई निरन्तर संचालन गर्न नगरपालिकाले आर्थिकरुपमा पनि  कुनै कुराको कमीहुननदिने प्रतिबद्धता व्यक्त  गर्नु  भएको छ । 

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत लिल बहादुर राउत , स्वास्थ्य शाखा प्रमुख देब बहादुर थापा , भुमिकास्थान वार्ड नं. वार्ड अध्यक्ष खगिश्वर पन्थि ,  नेकपा एमालेका वार्ड कमिटिका अध्यक्ष मोती भटराई , नेपाली काग्रेसका उपसभापति  बेल शहादुर थापा , एकीकृत समाजबादीको प्रतिनिधि राम प्रसाल भटराई नेपाल पत्रकार महासंघका जिल्ला कोषाध्यक्ष रुद्रमणि भुसाल भगबति माध्यमिक बिद्यालयका प्र.अ कृष्ण खनाल , लगायतले मनतब्य राख्दै सामुदायि स्वास्थ्य सेवा सुराम्भले ग्रामिण क्षेत्रका नागरिमा केहि गाउँमा पनि स्वस्थ्य सेवा पाइने आशा पलाएको बताउदै  यस इकाइ  संचालन गर्न पहल गर्ने सबैलाई धन्यबाद समेत दिएका थिए ।  

 कार्यक्रम वार्ड ९ का वडा अध्यक्ष नारायण खनालको अध्यक्षता र धन्चौरका स्वास्थ्य चौकी इन्चार्ज शिब जिसीको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा  वडा सदस्यहरु,जुनियर रेडक्रससोसाइटी बिद्याथीहरु , समाजसेबी स्थानिय लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्