गुरुदेव खनाल। कार्तिक २५- अबैध रूपमा ओसारपसार भईरहेका ३ वटा भैंसी सहित सिङ्गल क्याव जिपलाई प्रहरीले नियन्त्रण मा लिएको छ।
नियन्त्रणमा पर्नेमा लु २ च ८३१३ नम्बरको सिङ्गल क्याव जिप रहेको छ। उक्त जिपलाई खिल्जी प्रहरीले भूमिकास्थान नगरपालिका को कार्यालय को गेट अगाडि बाट नियन्त्रणमा लिएको हो।
उक्त भैंसीहरु र गाडीलाई जरिवाना को दायरामा लिएर मात्र छोडिने खिल्जी प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्