ढाकावाङ्गमा भएको खुल्ला भलिबल प्रतियोगिताको उपाधी हंसपुर समूहलाई

| २०७८ कार्तिक २६ गते १८: ३८ मा प्रकाशित

टेकराज भुसाल
कार्तिक २६ अर्घाखाँची । भूमिकास्थान नगरपालिका-२ काे ठुलापाेखरामा भएको खुल्ला भलिबल प्रतियोगिताकाे उपाधी हंसपुर भलिबल समूहले हाता पारेको छ।

देविकास्थान झाँकिशाला टाेल बिकास संस्थाले कार्तिक २४गते देखि २६ गतेसम्म आयोजना गरेको खेलकाे आज फाइनल खेल भएको हाे।सहभागी ११ समूह मध्य प्रथम स्थानका लागि आयोजक  समूह र हंसपुर भलिबल समूह बिच भएकाे खेलमा आयोजकलाई पछि पार्दै हंसपुर भलिबल समूहले प्रथम स्थान हासिल गर्न सफल भएकाे हाे भने, आयोजक दाेस्राे भएकाे छ।

यसै गरि तेस्राे स्थानकाे लागि ढाकावाङ्ग युवा परिषद् र राेयल ढाकावाङ्ग बिच भएकाे खेलमा  ढाकावाङ्ग युवा परिषद्लाइ पछिपार्दै राेयल ढाकावाङ्गले तेस्राे स्थान हाता पारेको छ ।

उक्त खेलमा प्रगतिशील युवा क्लबका बिक्रम खड्क उत्कृष्ट र हंसपुर भलिबल टिमका किशन ठकुरी अनुशासन खेलाडी छनाेट भएका छन्। उनलाई नगद र प्रमाणपत्रले सम्मानित गरिएको थियाे भने प्रथम , द्वितीय , तृतीय हुनेलाई कार्यक्रमका प्रमुख अतिथि भुमिकास्थान नगरपालिका-२ नम्बर वडाका वडाध्यक्ष बुद्धि बहादुर थापा र अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पृथ्वी थापाले क्रमश २५ हजार, १५ हजार र १० हजार सहित सिल्ड मेडल र प्रमाण पत्र हस्तान्तरण गर्नुभएकाे थियोे ।

प्रतिक्रिया दिनुहोस्