राष्ट्रिय जनमोर्चा भूमिकास्थान १ का जेष्ठ महिला सदस्य खनालको निधन

| २०७८ मंसिर ६ गते १२: ५३ मा प्रकाशित

टेकराज भुसाल,भुमिकास्थान । 
मंसिर ०६ - अर्घाखाँचीराष्ट्रिय जनमोर्चा भुमिकास्थान १ का जेष्ठ महिला सदस्य तथा अखिल नेपाल महिला संघ भूमिकास्थान १का सल्लाहकार पूर्णकला खनालको आइतबार साँझ ७५ वर्षको उमेरमा निधन भएको छ।

स्वर्गीय खनालको साेमबार स्थानीय घाटमा अन्त्येष्टि गरिएको छ । स्वर्गीय खनालको पार्थिक शरीरमा राष्ट्रिय जनमोर्चा भूमिकास्थान नगरपालिकाका नगर सदस्य तथा भूमिकास्थान नगरपालिका वार्ड नम्वर २ का वडाध्यक्ष बुद्धि बहादुर थापाले पार्टीको झण्डा ओडाइ खनालको निधनले पार्टी र महिला आन्दोलनलाई अतुलनीय क्षति पुगेको बताए।

अन्त्येष्टि कार्यक्रममा राष्ट्रिय जनमोर्चा भुमिकास्थान नगर सदस्य तथा भूमिकास्थान १ का वडा अध्यक्ष भोजराज खनाल, अखिल (छैठौं)का राष्ट्रिय परिषद् सदस्य टेकराज भुसाल, अखिल नेपाल शिक्षक संघ भुनपाका सचिव रामप्रसाद खनाल, नेकपा माओवादी (केन्द्र)का नेता बावुराम खनाल र नेपाली काङ्ग्रेसका नेता युवराज खनाल लगायतले शोक मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्