अर्घाखाँचीको ढाकावाङ्गमा प्रथम अर्घाखाँची रोडरेस प्रतियोगिता हुने

| २०७८ मंसिर १२ गते १९: ४८ मा प्रकाशित

टेकराज भुसाल
मंसिर १२ अर्घाखाँची ।  अर्घाखाँची जिल्ला भूमिकास्थान नगरपालिका वार्ड नम्बर २ काे ढाकावाङ्गमा प्रथम अर्घाखाँची रोडरेस प्रतियोगिता हुने भएको छ।

स्पोर्ट्स भ्वाइस ग्यागेजीन र अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघको संयुक्त आयोजनामा प्रथम अर्घाखाँची रोडरेस प्रतियोगिता गर्ने लागेको अखिल नेपाल राष्ट्रिय खेलकुद महासंघका अध्यक्ष पृथ्वी थापाले जानकारी दिनुभयो।

उक्त प्रतियोगितामा नेपालको पहिलो अन्तर्राष्ट्रिय पदक बिजेता धावक जित बहादुर केसी र धावक बैकुण्ठ मानन्धरकाे उपस्थित रहने र ब्लु क्रस हस्पिटलकाे टिमको प्राविधिक सहयोग हुने अध्यक्ष थापाले जानकारी दिनुभयो।

</

थापाका अनुसार प्रतियोगितामा मिडिया पाटनरका रुपमा सुपादेउराली अनलाइन डटकम, युगदर्शन साप्ताहिक तथा अनलाइन, रंगशाला साप्ताहिक, खेलकुद न्यूज डटकम र डि एन ए पाेष्ट अनलाइन रहने छन्।

प्रतियोगितामा खुल्ला (महिला पुरुष) र भेट्रान तर्फ
 प्रथम पुरस्कार नगद रु ३००००
द्धितिय पुरस्कार नगद रु २००००
तृतीय पुरस्कार नगद रु ६००००
चाैथाे पुरस्कार नगद रु ३०००
पाँचौ पुरस्कार नगद रु २००० रहेने छ।

बिधालय तर्फ
 प्रथम पुरस्कार नगद रु २००००
द्धितिय पुरस्कार नगद रु १००००
 तृतीय पुरस्कार नगद रु ००००
चाैथाे पुरस्कार नगद रु ४०००
पाँचौ पुरस्कार नगद रु २००० रहने छ।

प्रतिक्रिया दिनुहोस्